डा. दीपेन्द्ररमण सिंह
मैले सर्पको टोकाइको उपचार गर्न सुरु गरेको बेलैमा मेरो जीवनको एउटा अविस्मरणीय घटना घट्यो । म त्यतिबेला महाकाली अञ्चल अस्पतालमा कार्यरत थिएँ । मेडिकल सुपरिटेन्डेन्ट भएको नाताले मैले अस्पतालको टेक्निकल कार्यमात्र नभएर प्रशासनिक काम पनि गर्नुपर्दथ्यो । चैत्र, वैशाख र जेठको अति नै गर्मी दिन पार गरिसकेको भए तापनि महेन्द्रनगरमा असार महिनाको त्यो दिन त्यस किसिमको गर्मी कहिल्यै भएको थिएन । त्यस दिन पनि एकदमै व्यस्त दिनको काम सकेर म एकछिन सोफामा ढल्की रहेको थिएँ, जोडले ढोकाको घन्टी बज्न थाल्यो । एकजना कार्यालय सहयोगी अचम्म गरी अगाडि ढोकामा उभिएको रहेछ । यो एकदमै अचम्मको घटना थियो मेरो लागि । विषाक्त सर्पको टोकाइबाट पीडित दुईजना बिरामीहरू ल्याइएका रहेछन् । म हतारिएर इमरजेन्सी कक्षमा गएँ, त्यहाँ ती दुई बिरामीहरूलाई स्वास्थ्यकर्मीहरूले घेरिरहेका थिए । ती दुवै बिरामी एकै परिवारका थिए र सायद एउटै सर्पले टोकेको हुनुपर्छ ।
परिवारजन अति नै डराएको अवस्थामा थिए र केही भन्न पनि सकेका थिएनन् । उनीहरूले आफ्नो परिवारको ज्यान जोगाउन र जति सक्दो राम्रो स्वास्थ्य सेवा दिनको लागि बिन्ती गरे । मेरा सहकर्मीहरूले सधै उनीहरूलाई उपचारका फाइदा बेफाइदाको महत्वको बारेमा बुझाउन थाले । उनीहरूले हाम्रो उपचार पद्धति माने र हामी माथि विश्वास राखेर गए । ती दुवैजना बिरामी चौधरी परिवारका थिए । बूढी हजुरआमा ६५ वर्षको र नाति १० वर्षका थिए । ती केटा होसमा नै थिए र मैले मेरा एकजना सिनियर सहकर्मी र दुईजना असिस्टेन्टलाई उनलाई हेर्न लगाएर आफू ती जटिल स्थितिमा भएकी बूढी महिलालाई हेर्नतिर लागेँ । उनी ज्यादै पीडामा देखिन्थिन् र शायद विषको असर श्वासनलीसम्म पुगिसकेको थियो ।
भाग्यवश भर्खरै एउटा पल्स अक्सिमिटर अस्पतालमा ल्याइएको थियो जसले गर्दा हामीले अक्सिजनको सेचुरेसन लेवल नाप्यौ । निकै प्रयासपछि सेचुरेसन लेबल घट्न थाल्यो । हामीले बिरामीको परिवारलाई सबै कुरा बुझाएरमात्र इन्टुबेसन गर्ने सल्लाह ग¥यौं । मेरा जुनियर सहकर्मीहरू त्यति निश्चिन्त त थिएनन् तर पनि मेरो उपचार विधिलाई अपनाए । सानो केटो जसलाई वार्डमा राखिएको थियो उसलाई पनि सास फेर्न मुस्किल हुन थाल्यो र इन्टुबेसनको आवश्यकता प¥यो । यसरी एकै पटक पालैपालो सर्पको टोकाइलाई इन्टुबेसन गरिएको पहिलो पटक थियो । यिनलाई चार घन्टासम्म लगातार हेरिरहे र तत्पश्चात विस्तारै श्वासप्रश्वासमा केही सुधार देखिन थाल्यो । हामीलाई पनि अब बाकी एन्टिस्नेक भेनमले नै काम गर्छ भन्ने विश्वास भयो । यस प्रक्रियाद्वारा उपचार यस ठाउँमा गर्नलाई हामी डराइरहेका थियौ तर ज्यान बचाउन सकेकोमा हामी धेरै खुसी थियांै ।
बूढीआमालाई बाहिर इमरजेन्सीमा राखेर लगातार इमरजेन्सीका स्वास्थ्यकर्मीहरू लागिपरेका थिए । सवैजना यसको परिणाम के होला भनेर डराइरहेका थिए । मलाई पनि यसको निदान के होला भन्ने लागिरहेको थियो । त्यसैले म नजिकै इमरजेन्सी कक्षमा नै आराम गरे अनि के कस्तो भइरहेछ भनेर समयसमयमा हेरिरहे । केही समयपश्चात बूढीआमाको स्वास्थ्यमा सुधार आए पनि श्वासप्रश्वासमा भने समस्या आइरहेको थियो । बिहानको ४ बजेतिर ड्युटीमा भएको डाक्टरले मलाई इन्टुबेसनको लागि सल्लाह लिन आउनुभयो । हामीले नली बाहिर निकाल्यौ तर उनलाई सास फेर्न मुस्किल भइरहेको थियो । फेरि इन्टुबेसन गरिउ तर हामीलाई धेरै आशा लागेन । बिहानको साडे सात बजेतिर बूढीआमा सजिलै सास फर्कै हुनुहुन्थ्यो । यस पटक हामीले नली बाहिर निकालेनौ, नलीमार्फत नै सास फेर्न दियौ । विस्तारै उनको स्वास्थ्यमा सुधार आउदै गएपछि हामीले अक्सटुबेट गर्न थाल्यौ । लगातार उपचार गरिरह्यौं र अझ सुधार आउदै गयो ।
अर्को दिन त हाम्रो लागि धेरै नै महत्वपूर्ण दिन थियो । हामीले दुईवटा सर्पको टोकाइको रातभरि उपचार गरी ज्यान जोगाएका थियौ । म त्यस दिन धेरै थाकेको भए पनि मलाई धेरै खुसी लागेको थियो किनकि हामीले अरूको ज्यान जोगाउनमा सफलता हासिल गरेका थियौं । बिहानको राउन्डमा त्यो सानो केटो अलिकति होसमा आइसकेको थियो र न्युरोटोक्सिनको असर पनि विस्तारै हराउदै थियो । अर्कोतर्फ बूढीआमालाई अझै रिंगटा लागिरहेको थियो तर रातिभन्दा धेरै होसमा आइसकेकी थिइन् । उनका परिवार, खासगरी सानो केटाको आमा र बूढीआमाको कान्छो छोरा निक्कै नै हर्षित देखिन्थे । उनीहरूको उज्यालो अनुहारले पनि हाम्रो मनमस्तिष्कमा राम्रो असर छोड्यो । आशा छ, यस ठाउँका मान्छेहरूका लागि अरू राम्रो सेवा दिन अब आउँदा दिनहरूमा पनि यस घटनाले गर्दा हामीलाई अझ थप बल प्रदान गर्नेछ । ( डा. सिंह स्वास्थ्य मन्त्रालय अनुगमन तथा मूल्यांकन महासाखाका निर्देशक हुन् । )
Leave a Reply