• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 19th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर

December 3rd, 2017 उपचार बिधी 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन प्याप स्मेयर

डा. सरिता घिमिरे

यो पाठेघरको मुखको क्यान्सरको संक्रमण भए नभएको पत्ता लगाउने सामान्य तर जति नै प्रभावकारी विधि हो । यसमा पाठेघर र त्यसको मुखबाट निस्कने स्राव परीक्षण गरी संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ ।  यो परीक्षण सस्तो र छरितो पनि भएकाले नियमित रूपमा परीक्षण गरी समयमै रोगको बारेमा जानकारी पाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरूलाई सबैभन्दा बढी देखिने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा पर्दछ । नेपालमा हालसम्म पाठेघरको मुखको क्यान्सर भएका महिलाहरूको यकिन तथ्यांक उपलव्ध नभए तापनि भक्तपुर क्यान्सर अस्पतालको तथ्यांकअनुसार सो अस्पतालमा उपचारको लागि आउनेमध्ये २० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर फेला पर्ने गरेको छ । अर्को तथ्यांकअनुसार विश्वमा हरेक वर्ष यो रोगबाट पाँच लाखभन्दा बढी महिलाहरू पीडित हुने गरेका छन् । तीमध्ये दुई लाखभन्दा बढीको मृत्यु हुने गरेको छ जसमध्ये ८५ प्रतिशत बिरामी नेपालजस्ता विकासोन्मुख मुलुकहरूमा रहेको अनुमान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा खतरनाक भए तापनि अरू क्यान्सरको तुलनामा सजिलै पत्ता लगाउन सकिने रोग हो । पाठेघरको मुखको क्यान्सर विशेषतः  हुमन पपिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ । यो भाइरस धेरैजनासँग यौन सम्पर्क सुरु गरेका महिलाहरू तथा सानै उमेरमा विवाह गरी बच्चा पाएका महिलाहरूमा बढी सक्रिय भएको देखिन्छ । त्यस्तै शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएका, धूमपानको लत बसेकामा यो भाइरसले संक्रमण बढी गरेको पाइन्छ । लामो समयसम्म (पाँच वर्षभन्दा बढी) हर्मोनयुक्त परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्ने महिलाहरूमा पनि यो क्यान्सरको खतरा हुन सक्दछ ।  त्यसैले हर्मोनयुक्त परिवार नियोजनका साधनहरू तीनदेखि चार वर्षको बीचमा केही समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ ।

कहिले गर्नुपर्दछ  ?

१. ३५ देखि ६० वर्ष उमेर पुगेका महिलाले वर्षको कम्तीमा एक पटक अनिवार्य रूपमा यो जाँच गर्नु पर्दछ ।

२. यो परीक्षण महिला ६ महिनाको फरकमा तीन पटक गर्नुपर्दछ । तीनै पटक परीक्षणमा  नेगेटिभ देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्दछ ।

महिनावारी रोकिइसकेपछि पनि नियमित रूपमा प्याप स्मेयर जाँच गर्नु आवश्यक छ । ६५ वर्षभन्दा माथिको महिलाहरूमा यदि अघिल्ला तीन वा सोभन्दा बढी जाँच नकारात्मक  छन् भने पोप टेस्ट रोक्न सकिन्छ । पछिल्लो समयमा सानो उमेरमा युवतीहरूमा यो क्यान्सर देखिन थालेकोले  २१ वर्षको उमेरदेखि नै यो जाँच गर्न प्रभावकारी देखिएको छ ।  यदि क्यान्सरबाहेकका अन्य कारणहरू जस्तै फाइवरोइव अटेरसको कारणसहित पाठेघर निकाल्ने अपरेसन गरिएको छ भने यी महिलाको नियमित रूपमा प्याप स्मेयर  जाँच गर्नु पर्दैन । तर क्यान्सरको कारणबाट पूरा अपरेसन गरिएको हो भने ती महिलाले नियमित रूपमा (वार्षिक रूपमा) आफ्नो प्याप स्मेयर टेस्ट गर्न आवश्यक हुन्छ ।

कसरी तयारी गर्ने ?

यो जाँचको नतिजा प्रभावकारी रूपमा पाउनको लागि एबउ तभकत गर्नुपर्ने महिलाले निम्न कुरामा ध्यान पु¥याउनु आवश्यक छ ।

१. यो जाँच गर्नुभन्दा ठीक दिन अगा िदेखि यौन सम्पर्क गर्नु हुँदैन । योनीमा कुनै औषधि क्रिम, परिवार नियोजनको अस्थायी साधनको रूपमा प्रयोग गरिने क्रिम तबदभितक प्रयोग गर्नु हुँदैन ।

२.     महिनावारी भइरहेको समयमा यो जाँच गर्नु हुँदैन ।

(डा. घिमिरे क्यान्सर केयर फाउण्डेसनकी संस्थापन हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुमारित्व भंग भए नभएको कसरी थाहा पाइन्छ ?
Next article जन्डिस भए के गर्ने ?

Health Today Nepal

Related Posts

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

अब माइक्रोस्कोपबाट दाँतको उपचार

अब माइक्रोस्कोपबाट दाँतको उपचार

महाकाली अञ्चल अस्पतालको त्यो घटना

महाकाली अञ्चल अस्पतालको त्यो घटना

Leave a Reply Cancel reply

Timeline
May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131512
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web