• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

ढिलो विवाह पनि बाझोपनको कारण

December 15th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ढिलो विवाह पनि बाझोपनको कारण

डा. नुतन शर्मा

महिलाको उमेर ३५, ४० नाघेपछि अण्डाहरूको मात्रा कम हुँदै जान्छ । त्यसबाट आउने राम्रो अण्डाहरूको मात्रा पनि स्वतः कमी हुन्छ । यस्तो अवस्थामा बाँझोपनको समस्या बढ्दै जान्छ । ३० वर्षभन्दा कम उमेरको महिला र ३५ वर्षभन्दा बढी उमेरको महिलामा तुलना गर्ने हो भने ३५ वर्षभन्दा बढी उमेर भएका महिलामा बाँझोपनको समस्या १० गुणा बढी हुन्छ । पहिला महिलाहरू सक्रिय थिएनन् । उनीहरू घरकै काममा कन्द्रित रहन्थे । बिहे भयो, बच्चा पायो महिलाहरू यसैमा केन्द्रित थिए । त्यसैले बाँझोपनको समस्या पनि कम थियो । आजको समयमा किन बाँझोपनको समस्या छ भने अहिले महिलाहरू पढाइ र आफ्नो ‘करियरमा’ वा व्यवसायमा ध्यान दिन्छन् । जसले गर्दा बिहे ढिलो हुन्छ । मेरो काम छ जागिर छ म बच्चा पछि पाउँछु भन्दाभन्दै एउटा उमेर जान्छ ।

यदि कसैले बेलैमा बिहे गर्छु बच्चा जन्माउँछु भन्यो भने यो समस्या हुँदैन । एउटा महिलाको लागि बच्चा जन्माउन ३५ वर्षभन्दा तलको उमेर हुनैपर्छ बच्चा जन्माउन । ३० वर्ष पुग्दै गर्दा आमा बन्नु सबैभन्दा राम्रो हो । ३५ वर्ष कट्नु राम्रो होइन । अर्को महत्वपूर्ण कारण लामो समयको ‘ग्याप’ । सामान्यतया बिहे भएपछि महिलामा ‘इन्फेक्सनको’ समस्या बढी हुने सम्भावना हुन्छ । यदि कसैको ‘इन्फेक्सनको’ कारणले लामो समयसम्म बच्चा भएन भने यसले पनि बाँझोपन बढाउँदै जान्छ ।

बिहे भएपछि पनि चार, पाँच वर्षपछि बच्चा जन्माउँछु भन्ने मान्यतासमेत बढ्दै गएको छ । यो अवधिमा हुने ग्यापको कारणले पनि ‘इन्फेक्सन’ हुन सक्छ । अधिकांश दम्पतीलाई सुरक्षित समय के हो असुरक्षित समय के हो थाहा छैन । यस्तो भएपछि गर्भवती बन्छन् अनि गर्भपतन गराउँछन् । गर्भपतन सधैं सुरक्षित हुन्छ भन्ने पनि छैन । कोही क्लिनिकमा जान्छन् कोही कता जान्छन्, कोही लुकाएर गर्छन् । यसरी असुरक्षित गर्भपतन पनि बाँझोपनको एउटा प्रमुख कारण हो ।

असुरक्षित र गैरकानुनी गर्भपतनले ‘इन्फेक्सन’ गराउँछ । कहिलेकहिले नराम्रो सामग्री प्रयोग गर्दा पाठेघर नै जान सक्छ । त्यसैले असुरक्षित गर्भपतन पनि एउटा महत्वूपर्ण कारण हो ।बिहे गरेपछि पनि कसैले कपर्टी राख्छन् आफैं गएर । कसैले तीन महिनाको सुईं लिन्छन् । कति साधन बच्चा पाएपछि प्रयोग गर्ने हो कति साधन बच्चा नपाउँदै प्रयोग गर्ने हो त्यसमा ध्यान दिनुपर्छ । त्यसको जानकारी नभएको कारणले पनि बाँझोपन हुन्छ । गर्भनिरोधक साधनको सही उपयोग एकदमै जरुरी छ ।

बाँझोपनको समाधान के ?

समयमा बिहे गर्ने, समयमा बच्चा जन्माउने हो भने बाँझोपनको समस्या नै हुँदैन । इन्फेक्सनको समयमा नै उपचार गर्नुपर्छ । गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला चिकित्सकसँग छलफल गर्नुपर्छ । आफूलाई सुहाउने साधनको मात्रै प्रयोग गर्नुपर्छ । बेलाबखत आफ्नो जाँच गर्नुपर्छ । असुरक्षित गर्भ रह्यो भने त्यसलाई सुरक्षित ठाउँमा गएर गर्भपतन गराउनुपर्छ ।

यति सावधानी अपनायो भने बाँझोपनको समस्या ८० प्रतिशतले समाधान हुन्छ । यति गर्दा पनि बाँझोपनको समस्या आयो भने यसको कारण पत्ता लगाउनुपर्छ । ट्युबको कारणले हो कि डिम्बाशयले काम नगरेको हो त्यो पत्ता लगाउनुपर्छ । कहिलेकाहीँ थाइराइड र हर्मोनको कारणले पनि बाँझोपन हुन्छ । यसको उपचार गर्नुपर्छ । यदि ‘डिम्बाशयमा’ अण्डा छैन भने अरू महिलाको डिम्बाशयबाट अण्डा ल्याएर आफ्नै श्रीमान्बाट ‘फर्टिलाइज’ गरेर ‘टेस्टट्युब बेबी’ बनाउन सकिन्छ ।

( डा. शर्मा बयोधा हस्पिटलकी बाझोपन विज्ञ हुन । )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नँया प्रविधिले उपचार छिटो र भरपर्दो बन्दै
Next article ११ नपुग्दै महिनावारी

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web