• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कुष्ठरोगीबारे सर्वेक्षण गर्दै

December 16th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कुष्ठरोगीबारे सर्वेक्षण गर्दै

काठमाडौँ, २९ मंसिर : सरकारले जोखिम मानिएका चार जिल्लामा लुकेर रहेका कुष्ठरोगीको खोजी गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, कुष्ठरोग नियन्त्रण महाशाखाले पुसको तेस्रो सातादेखि रुपन्देही, कपिलवस्तु, नवलपरासी र कैलाली जिल्लामा कुष्ठरोगीबारे सर्वेक्षण गर्दैछ । महाशाखाका परामर्शदाता छालारोग विशेषज्ञ डा रवीन्द्र बास्कोटाले सर्वेक्षणका लागि महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य कार्यकर्ता र छालारोग विशेषज्ञ संलग्न रहने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आव २०७३÷०७४ मा बढेर ० दशमलव ९२ पुगेको पाइएपछि हामीले जोखिम मानिएका जिल्लामा लुकेर रहेका कुष्ठरोगी खोजी गर्न लागेका हौँ ।”

नेपालमा विसं २०६६ मा कुष्ठरोगको प्रकोपदर प्रतिदश हजार जनसंख्यामा एकभन्दा कम अर्थात् ० दशमलव ७७ कुष्ठरोगी रहेको घोषणा भए पनि अझै निवारण गर्नुपर्ने अवस्था छ । शुरुकै अवस्थामा नै रोगी पहिचान गरी अन्य रोग सर्नबाट र अपांगतायुक्त हुनबाट बचाउन र एकीकृत स्वास्थ्य प्रणालीमार्फत कुष्ठरोगको गुणस्तरीय सेवा उपलब्ध गराउन सर्वेक्षणले मद्दत पुग्ने बताइएको छ । एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको सर्वेक्षणका लागि रु एक करोड खर्च हुनेछ । आव २०७३÷०७४ मा तीन हजार बढी नयाँ कुष्ठरोगी फेला परेका थिए । सरकारले सन् २०२०(विसं २०७७ तिर) भित्र सबै जिल्लामा कुष्ठरोग निवारण गर्ने लक्ष्य राखेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेहबाट बच्ने पाँच सूत्र
Next article बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133245
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

45
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

48
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web