• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

December 16th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बैतडीका एचआइभी संक्रमित बालबालिका समस्यामा

बैतडी, २९ मंसिर : बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् ।शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संयोजक लोकेन्द्र पन्तले बताउनुभयो ।जिल्लामा १९ बालबालिका एचआइभी संक्रमित देखिएका छन्, उहाँले भन्नुभयो– “तीमध्ये अधिकांशले अभिभावक गुमाइसकेका छन् ।” कतिपयले आमा र बुबा दुइटै गुमाइसकेका छन् भने धेरैले आमा वा बुबामध्ये एकजना गुमाइसकेका छन् । त्यस्ता संक्रमित बालबालिकाका लागि राज्यले कुनै प्रकारका प्रभावकारी कार्यक्रम ल्याउन नसकेकाले पनि उनीहरु समस्यामा पर्ने गरेको छ ।

संक्रमित बालबालिकालाई अहिले बहुउद्देश्यीय विकास समाज डडेल्धुराले मासिक एक हजारका दरले छात्रवृत्ति र औषधिको व्यवस्था गर्दै आएको भए पनि १८ वर्ष माथिकालाई भने कुनै सहयोग नभएको पन्तले जानकारी दिनुभयो ।एचआइभी संक्रमित बालबालिकालाई औषधिसँगसँगै पोषणको आवश्यकता पर्ने भएकाले उनीहरुमा कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो ।

संक्रमित खुलेर बाहिर आउन सकेका छैनन्

एचआइभी संक्रमित अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा हुने भेदभावले एचआइभी संक्रमित बाहिर आउन नसकेको यो क्षेत्रमा कार्यरत संघसंस्थाले बताएका छन् ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २०९ जना एचआइभी संक्रमित छन् । तीमध्ये १०६ पुरुष र १०३ महिला छन् । संक्रमितमध्ये २७ जना १८ वर्ष मुनिका बालबालिका छन् । एक सय चार जना संक्रमितले मात्रै उपचारमा रहेका छन् ।२०६४ सालदेखि अहिलेसम्म एचआइभी एड्सबाट ३१ जनाले ज्यान गइसकेको छन् । समाज हुने विभेदका कारण अझै पनि संक्रमित खुलेर बाहिर आउन नसकेकाले एचआइभी संक्रमितको संख्या अझै बढी हुन सक्ने अनुमान कार्यक्रम संयोजक पन्तले बताउनुभयो ।

जिल्ला अस्पतालमा एचआइभी सक्रंमितका लागि एआरटी सेन्टर भएकाले उनीहरु नियमित आएर औषधि सेवन गरिरहेको बताइएको छ । बैतडीमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृटिकोण नराम्रो रहेकाले उनीहरु लुकेर बस्न बाध्य हुने गरेका छन् । एचआइभी संक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामीणस्तरका नागरिकका सोचले उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो हुँदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभी एड्सको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद पन्तले बताउनुभयो ।असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुष्ठरोगीबारे सर्वेक्षण गर्दै
Next article कर्णालीमा मातृशिशु निगरानी परियोजना लागू

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133166
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web