• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुत्केरी भत्ता ५ हजार

December 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुत्केरी भत्ता ५ हजार

नवलपरासी : नवलपरासीको (बर्दघाट सुस्ता) पूर्व नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत जनही पाँच हजार रुपैया प्रोत्साहन भत्ता रकम प्रदान गर्न शुरु गरिएको हो । गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताए । यस कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ जाँच गराउने र बच्चा जन्माउनुपर्छ भन्ने धारणालाई अभिप्रेरित गर्ने पाण्डेको भनाइ छ ।

ग्रामीण बस्ती भएकाले यहाँका महिलामा अझै पनि स्वाथ्य चौकीमा गएर बच्चा जन्माउनुपर्छ भन्नेसम्मको चेतना नहुँदा अकालमा आमा बच्चा दुवैको ज्यान गुमाउनु पर्ने अवस्था छ । यद्यपि अब यस क्षेत्रमा मातृशिशु मृत्युदरमा कमी ल्याउनका लागि गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पाण्डेको भनाइ छ । गाउँपालिकाभित्र स्थायीरुपमा नै बसोबास गर्दै आएका बढीमा दुई सन्तान जन्माउने आमालाई सो प्रोत्साहन भत्ता गाउँपालिकाले उपलब्ध गराउने गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले बताए ।  (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पेटमै केटा वा केटी कसरी छुट्टिन्छ ?
Next article महले बढाउछ यौन क्षमता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133147
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web