हेल्थ टुडे
काठमाडौं, ६ पुष : स्वास्थ्य मन्त्रालयका प्रमख विशेषज्ञ (बाह्रौ तह) डा. सुशिल प्याकुरेललाई सम्मान गरिएको छ । ३८ वर्ष राजधानी बाहिरका गाउँबस्ती बसेर जनताको सेवा गरेर बाह्रौ तहमा बढुवा भएकोमा सोसाइटी अफ पब्लिक फिजिसियनले डा. प्याकुरेललाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्ती श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्त, पूर्व महानिर्देशक डा. यशोवर्धन प्रधान, पूर्व परिवार स्वास्थ्य महासाखाका निर्देशक डा. नरेशप्रताप केसी, पूर्व प्रमुख विशेषज्ञ डा. पदमबहादुर चन्द, आपूर्ति महासाखाका निर्देशक डा. रेमश खरेल र अनुगमन महासाखाका निर्देशक डा. दीपेन्द्ररमण सिह लगायतको उपस्थिति थियो । डा. प्याकुरेलले २० जिल्लामा जिल्ला जनस्वास्थ्य प्रमुख भएर र एक दर्जन बढी जिल्लामा मेडिकल अधिकृत भएर काम गरेका छन् ।
पछिल्लो पटक उनले मध्यपश्चिम, पूर्वाञ्चल हुदै सुदूरपश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालको निर्देशक भएर जिम्मेवारी सम्हालेका थिए । ७५ वटै जिल्ला पुग्ने औंलामा गन्न सकिने डाक्टरहरु मध्ये प्याकुरेल पनि एक हुन । उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छात्रवृतिमा थाइल्याण्डको बैंककबाट एमपीएच गरेका हुन ।
Leave a Reply