• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

July 19th, 2026 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड
डा. रवीन्द्र समीर,
थाइराइड ग्रन्थी मानिसको घाँटीको अग्रभागमा रुद्रघण्टीको तल रहेको हुन्छ । यस ग्रन्थीले थाइराइड हार्मोन उत्पादन गर्छ । थाइराइड हर्मोनले शरीरलाई चाहिने आवश्यक मात्रामा शक्ति नियमन गर्न अन्य हार्मोन र भिटामिनलाई शरीरमा प्रयोग गर्ने गर्छ । थाइराइड ग्रन्थीले शरीरमा रहेका अरू तन्तुको वृद्धि विकासका लागि महत्वपूर्ण भूमिका निर्वाहसमेत गर्छ ।
थाइराइड ग्रन्थीको कार्य क्षमतामा गडबड भएमा प्रशस्त मात्रामा हार्मोनको उत्पादन हुन्छ, जसलाई ‘हाइपरथाइराइडिज्म’ भनिन्छ । अत्यन्त न्यून मात्रामा हर्मोन उत्पादन भएमा ‘हाइपोरथाइराइडिज्म’ हुन्छ ।
यो दुवै हार्मोनको गडबडीले पुरुषभन्दा महिला बढी प्रभावित हुने गरेका छन् । मस्तिष्कबाट पिट्युटरी ग्रन्थीमा थाइराइड स्टिमुलेटिङ हार्मोन (टीएसएच) हुन्छ । टीएसएच हार्मोन थाइराइड ग्रन्थीमा परिणत भएर टी३ तथा टी४ हार्मोन उत्पादन गर्न उत्प्रेरकको काम गर्छ । थाइराइड ग्रन्थीलाई टी३ र टी४ हार्मोन उत्पादन गर्न प्रशस्त मात्रामा आयोडिन नुनको आवश्यकता पर्छ । परीक्षणमा टी३, टी४ बढेमा र टीएसएच घटेमा हाइपोरथाइराइडिज्म पत्ता लाग्छ । यदि टी३, टी४ घटेमा र टीएसएच बढेमा हाइपरथाइराइडिज्म भएको पत्ता लगाउन सकिन्छ ।
थाइराइड रोगबाट बच्ने हो भने धेरै मात्रामा रक्सी, चुरोट, चिया, कफी, खानु हुँदैन । अनावश्यक मात्रामा सिटीस्क्यान एक्सरे गर्नु हुँदैन । थाहा पाउँदा पाउँदै पनि लामो समयसम्म यो रोगको उपचार गरिएन भने बेहोस हुने, चिटचिट पसिना आउने, रिंगटा लाग्ने, उच्च रक्तचाप, पेट दुख्ने, चेतना हराउने, कोलेस्ट्रोलको मात्रा बढेर आकस्मिक रूपमा हृदयाघात तथा पक्षघात हुने सम्भावना रहन्छ । दुर्गम जिल्लामा बसोबास गर्ने व्यक्तिमा यो रोगले बढी प्रभावित पारेको हुन्छ । खानामा पौष्टिक तत्वको कमीले गर्दा यो रोग लाग्ने सम्भावना निकै रहन्छ । गाउँमा कोदो, फापर, ढिकेनुन खाने भएकाले थाइराइडसम्बन्धी रोगले बढी सताउने गरेको हो ।
अहिलेसम्म सरकारी निकायबाट पनि यो रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम ल्याइएको छैन । दुर्गम जिल्लामा बस्ने मानिसलाई यो आयोडिन नुनसम्बन्धी चेतना नभएकै कारण सहरमा बस्नेभन्दा दुर्गम क्षेत्रमा बस्ने मानिस यो रोगको सिकार हुन बाध्य छन् । प्रौढ अवस्थाका ६० प्रतिशतभन्दा बढी महिलामा यो रोगको लक्षण देखा परे पनि दुईदेखि पाँच प्रतिशत महिलामा यो रोग देखिने गरेको छ । त्यसैले समयमै थाइराइडसम्बन्धी रोग पत्ता लगाउन रगत जाँच गरी स्वस्थ जीवनशैली बिताउनतिर लागौं ।
कसरी पत्ता लगाउने ?
थाइराइड हर्मोनमा गडबड देखिएमा थाइराइडसम्बन्धी रोग लागेको थाहा पाउन सकिन्छ । ल्याबमा रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ ।
हाइपरथाइराइडिज्म रोगका लक्षण : 
सामान्य तापक्रममा बढी गर्मीको महसुस गर्नु ।
कपाल झर्ने तथा कपालमा हाँगा फाट्नु ।
पटकपटक पखाला लाग्नु ।
निद्रा नलाग्नु ।  जोर्नीहरू दुखिरहनु ।
   कमजोर महसुस गर्नु ।
   हातहरू काप्नु ।
   महिनावारी नहुनु वा अनियन्त्रित हुनु ।
 मुटुको धड्कन छिटोछिटो बढ्नु ।
 एक्कासि तौल घटेर जानु ।
  घाँटीमा गलगाँडजस्तो बढ्नु
   श्वास फेर्न गाह्रो हुनु ।
  शरीरका मांशपेसी काँध र तिघ्रा दुख्नु ।
 केटाकेटीको स्मरण शक्तिमा ह्रास आउनु ।
मुटुसम्बन्धी रोग भएका व्यक्तिलाई श्वास फेर्न गाह्रो हुनु ।
हाइपोरथाइराइडिज्मका लक्षण : 
कपाल र छाला सुक्खा हुनु ।
नङ टुटेर जानु ।
 खाना नरुचे पनि तौल बढ्दै जानु ।
 स्मरण शक्ति घट्दै जानु ।
कब्जियत हुनु ।
 महिनावारी अनियमित हुनु ।
 गलगाँड निस्कनु ।
 स्वर धोद्रो हुनु ।
 तौल बढे पनि यौवन अवस्था  ढिलो हुनु ।
 शारीरिक वृद्धि विकास कम हुनु ।
 हात खुट्टा, आँखा सुन्निनु ।
 केटाकेटीमा अनावश्यक तौल बढ्दै जानु ।
स्मरण शक्ति ह्रास हुँदै जानु ।
 जन्डिससम्बन्धी रोगले सताउनु ।
कोलोस्ट्रोलको मात्रा बढेर हृदयाघात तथा पक्षघातसमेत हुन सक्छ ।
रोग लाग्ने मुख्य कारण ?
सधैं तनावमा रहेमा ।
खानामा आयोडिनयुक्त नुनको मात्रा कम भएमा ।
 दुर्घटनामा परी घाँटीमा ठूलो चोटपटक लागेमा ।
 सिटीस्क्यान, आँखा, घाँटीको एक्सरे पटकपटक गरेमा ।
मुटुको शल्यक्रिया गरेका बिरामी पनि यो रोगबाट प्रभावित हुन सक्दछन् ।
आमाबाबुलाई थाइराइडसम्बन्धी रोग लागेमा जन्मिने शिशुलाई पनि यो रोग लाग्ने सम्भावना निकै हुन्छ ।
रोकथाम
 तनावमा मुक्ति ।
व्यवस्थित जीवनशैली ।
 सही मात्रामा आयोडिनयुक्त नुनको सेवन ।
समयसमयमा रगत जाँच ।
 समस्या देखिएमा तुरुन्तै विशेषज्ञकहाँ स्वास्थ्य जाँच ।
विशेषज्ञको सल्लाहअनुसार औषधि सेवन ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने
Next article शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web