• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

गर्भ खेर गए के गर्ने ?

December 26th, 2017 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भ खेर गए के गर्ने  ?

चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र सुझावका आधारमा सन्तान जन्माउनतर्फ लाग्ने गर्छन् । तर, पनि कतिपय अवस्थामा गर्भवती महिलाको पेटबाट बच्चा खेर जान सक्छ । सन्तान सुखको चाहमा रहेका केही दम्पतीलाई गर्भ खेर जाने समस्याले सताइरहेको हुन्छ । हेरचाह र सावधानी नगर्नेमा मात्र होइन, उचित हेरचाह र सावधानी अपनाउँदा पनि बेलाबखत महिलाको गर्भबाट भ्रूण खेर जाने गर्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई गर्भपात वा गर्भपतन भएको भनिन्छ । वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा. सरस्वती पाध्येका अनुसार गर्भवती महिलाको पाठेघरमा बढिरहेको शिशु २८ हप्ताभन्दा पहिले विभिन्न समस्याका कारण बाहिर निस्कने समस्या नै गर्भपतन हुनु हो ।
डा. पाध्येका अनुसार सामान्यतया २८ हप्ताभन्दा अघिको एक सय ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्मको हुन्छ । तर, नेपालमा त्यसपछिका हप्तामा पनि विभिन्न कारणले गर्भपतन हुने गर्छ । गर्भेशिशु खेर जाने समस्या वंशाणुगत समस्याले पनि हुनसक्छ । ‘धेरै कारणले गर्भेशिशु खेर जानसक्छ, त्योमध्ये वंशाणुगत कारण पनि एक हो,’ उनले भनिन्, ‘यस्तै महिलामा क्रोमोजोम हर्मनमा विकृति भएमा पनि यस्तो हुनसक्छ ।’
कुनै कुनै महिलामा श्रीमान्को वीर्य नफाप्ने हुन्छ र यस्तो भएमा पनि प्राकृतिक रूपमा नै भ्रूण फ्याँकिने समस्या निम्तिने डा. पाध्ये बताउँछिन् । उनका अनुसार महिलाका हर्मनमा आउने गडबडीसँगै मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । यसका साथै गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुंगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नु जस्ता कारणले पनि गर्भे भ्रूण खेर जाने गर्छ ।
चिकित्सकका अनुसार गर्भ खेर जाने समस्यालाई थे्रटेन्ट एबोर्सन, इनएभिटेबल एबोर्सन, इन्कम्प्लिट एबोर्सन, कम्प्लिट एबोर्सन, सेप्टिक एबोर्सन, ह्याबिच्युअल एबोर्सन, मिस्ड एबोर्सनलगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । डा. पाध्येका अनुसार थे्रटेन्ट एबोर्सनमा रक्तस्राव, दुख्ने जस्ता समस्या हुन्छ । यस्तो अवस्थामा गर्भाशयको मुख बन्द नै हुन्छ । उचित आराम र उपचारले गर्भले निरन्तरता लिन सक्छ । यो अल्ट्रासोनोग्राम गरेर थाहा पाइन्छ । तर, हेलचेक्य्राँइ गरेमा गर्भ खेर जान्छ ।
इनएभिटेबल एबोर्सनमा गर्भाशयको मुख खुल्न थालेमा, रक्तस्राव बढी हुन थालेमा, दुख्न थालेमा, अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ ।  इन्कम्प्लिट एबोर्सनमा गर्भपतन अधकल्चो भएको हुन्छ । भ्रूण अथवा सालको केही भाग बाहिर निस्कने र केही भाग पाठेघरभित्रै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्सिस भई र बढी रक्तस्रावले गर्दा गर्भवतीको मृत्युसमेत हुने डर हुन्छ ।
भ्रूण, सालनाल सबै पूरा निस्केको अवस्थालाई कम्प्लिट एबोर्सन भनिन्छ । यसबेला बेथा लागेजस्तै गरी दुख्छ र सम्पूर्ण भ्रूण तथा सालनाल बाहिरिन्छ र दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ । सेप्टिक एबोर्सनमा कुनै पनि कारणले इन्फेक्सन भएमा ज्वरो आउने र तल्लो पेट बढी दुख्ने समस्या हुन्छ । यस्तो नहोस् भनी पहिले नै एन्टिबायोटिक दिनुपर्ने हुन्छ र मिर्गौलाको अवस्था हेर्न रगत, पिसाब आदि जाँच गराउनुपर्ने डा. पाध्ये बताउँछिन् । उनका अनुसार विभिन्न कारणले दुई वा दुईभन्दा बढीपटक गर्भ खेर गएको छ भने त्यस्तो अवस्थालाई ह्याबिच्युअल एबोर्सन भनिन्छ । यसको उपचार गर्न गाह्रो हुन्छ । तर, समस्या पहिचान गरेर निराकण भने गर्न सकिन्छ ।
पाठेघरमा जुनसुकै बेला भ्रूणको विकास नभई विनाश हुने अर्थात् मृत्यु हुने समस्यालाई मिस्ड एबोर्सन भनिन्छ । यस्तो समस्या अल्ट्रासाउन्ड गर्दा थाहा हुन्छ । अथवा, आमाले बच्चा नचलेको शंका लागेमा थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा पाठेघरको आकार हेरेर उपचार गर्नुपर्ने डा. थापा बताउँछन् । उनका अनुसार गर्भ खेर जाने धेरै कारण भएकाले दम्पतीले गर्भाधान गर्ने तयारी गर्दादेखि नै दुवैको स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्न र चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रहेनन् जनस्वास्थ्य विज्ञ केके सिंह
Next article सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web