हेल्थ टुडे,
काठमाडौं, १४ पुष : डा. पुष्पा चौधरीले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । हिजो बसेको मन्त्रीपरिषद् बैठकले बाह्रौ तहमा कार्यरत डा. चौधरीलाई सचिवमा नियुक्त गरेको थियो । पदबहाली कार्यक्रममा स्वास्थ्य मन्त्रालय मातहतका महासाखाका केही निर्देशक र कर्मचारी सहभागी थिए । डा.चौधरीले आफू चुनौतिबिच सचिव भएको बताउदै सबैको सयुक्त प्रयास स्वरुप स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरिन । अख्तियारको कारवाही प्रकरण, विदेशी आईएनजीओमा संलग्नता, अंगिकृत नागरिक लगायतका थुप्रै प्रकरणमा विवादमा परेकी डा.चौधरीलाई स्वास्थ्य मन्त्री दीपक बोहोराको जोडबलले सचिवमा नियुक्त गरेको थियो ।
Leave a Reply