• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौ क्यान्सरमा ‘टोटल बडी इ–रेडिएसन’

December 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौ क्यान्सरमा ‘टोटल बडी इ–रेडिएसन’

हेल्थ टुडे

काठमाडौं : नेपालमा पहिलो पटक भक्तपुरको नालारोड ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा टोटल बडी इरेडियसन (टिबिआई) गरिएको छ । टोटल बडी इरेडिएसन भनेको पूरै शरीरको रेडियोथेरापी गर्नु हो । यो विधि प्रयोग गरेर रक्त क्यान्सर भएका बिरामीलाई बोनम्यारो ट्रान्स्प्लान्टका लागि तयार गरिन्छ । निजामती कर्मचारी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न तयारीमा रहेकी एक महिलालाई काठमाडौँ क्यान्सर सेन्टरमा टिबिआई गरिएको अस्पतालले जनाएको छ । क्यान्सर सेन्टरमा रहेको आधुनिक लिनियर एक्सिलिरेटर (एलआइएनएसी) मा उपचार गरिएको थियो ।

पूरै शरीरको रेडियोथेरापी एकै पटक गर्न थालिएपछि अब बोनम्यारो ट्रान्स्प्लान्ट गर्ने तयारीमा रक्त क्यान्सरका बिरामीलाई अत्याधिक मात्रामा क्यान्सरका औषधि प्रयोग गर्न जरुरी नहुने निजामती अस्पतालका रक्त क्यान्सर विशेषज्ञ डा विशेष पौडेल बताउँछन्।

भक्तपुरको ताथलीमा स्थापित काठमाडौँ क्यान्सर सेन्टरले छोटो समयमै नवीनतम रेडियोथेरापी प्रविधिहरु प्रयोग गरेर क्यान्सरका बिरामीको सेवा गरिरहेकोमा अब टोटल बडी इरेडियसन गरेर लिम्फोमा, माइलोमा, अप्लास्टिक एनिमिया र रक्त (क्यान्सर बिरामीको बोनम्यारो प्रत्यारोपण गर्न सहज हुने अस्पतालले जनाएको छ ।

 टिबीआईलाई प्राविधिक रुपमा जटिल प्रक्रिया मानिन्छ । नेपालमा पहिलो पटक यो विधि अपनाइएको अस्पतालले जनाएको छ । चिकित्सक, भौतिकिविज्ञ र प्राविधिक टोली सदस्यको दक्षताका कारण मात्र यो प्रक्रिया काठमाडौं क्यान्सर सेन्टरमा गर्न सकिएको अस्पतालका रेडिएसन अन्कोलोजिस्ट डा सिमित सापकोटाले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुरा ३२औँ पूर्ण खोप जिल्ला
Next article डा.पुष्पाले गरिन पदबहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134334
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web