• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?

January 2nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?

प्रायः मानिसहरुको प्रश्न हुन्छ, एन्टिबायोटिक औषधि खाइरहेको मान्छेले रक्सी पिउनु हुन्छ कि हुँदैन ?
कतिपय महिलाहरु पार्टीमा गएका बेला रक्सी नखानुको कारण सोधे भने आफूले एन्टिबायोटिक खाइरहेको बताउँछन् । खासगरी गर्भवती महिलाहरुको यही जवाफ दिने गर्छन् । उनीहरु प्रायः यस्ता पार्टीमा गर्भवती भएको कुरा लुकाउँछन् । त्यसो त कतिपय पुरुषले पनि दिनदिनै रक्सी पिउनबाट जोगिनका लागि औषधि खाइरहेको बताउने गर्छन् ।
वास्तवमा एन्टिबायोटिक खाइरहेका बेला कुनै गर्भवती महिलाले रक्सी पिउनु हुन्छ कि हुँदैन ? महिला मात्र किन पुरुषले पनि एन्टिबायोटिक खाइरहेका बेला रक्सी भरसक खाँदैनन् । आखिर किन ?
केही मानिसहरुको धारणामा रक्सी पिउने व्यक्तिले खाइरहेको औषधिले राम्रोसँग काम गर्दैन । एन्टिबायोटिक खाइरहेका रोगीले रक्सी खायो भने त्यसले नराम्रो असर पु¥याउँछ भन्ने विश्वास छ ।
अध्ययनले के देखायो ?
लन्डनको जेनीटुर्नरी क्लिनिकले यसबारे तीन सयभन्दा बढी मानिसमा सर्भे गरेको थियो । ८१ प्रतिशत व्यक्तिलाई के लाग्थ्यो भने एन्टिबायोटिक खाइरहेको व्यक्तिले रक्सी खायो भने औषधिले काम गर्दैन । ७१ प्रतिशतले भने रक्सी खाँदै एन्टिबायोटिक खायो भने त्यसले पक्कै कैयौँ किसिमका साइड इफेक्ट निम्त्याउँछ ।
डाक्टर के भन्छन् ?
वास्तविकता त के हो भने चिकित्सकहरु भन्छन्, ‘तपाईं एन्टिबायोटिक पनि खानुस् र रक्सी पनि खानुस् । यसले खासै असर पुर्याउँदैन ।’ यस किसिमको धारणाले मानिसलाई रक्सीबाट टाढै राख्छ । जुन धेरै राम्रो कुरा हो । चिकित्सकहरुले औषधि खाइरहेका बेला रक्सी नखानुस् भन्नुको अर्थ औषधि खान नबिर्सियोस् र समयमै औषधि खाओस् भन्नु हो भन्ने धेरै चिकित्सकको राय छ ।
एन्टिबायोटिक खाँदा रक्सी पनि थप्न मिल्छ । यी दुवैको संगमले खासै असर पु¥याउँदैन । हुन त केही एन्टिबायोटिक खाँदै हुनुहुन्छ भने रक्सी नपिएकै राम्रो । सेफाालोस्पोरिन सेफोटेटान खाँदै हुनुुहुन्छ भने त्यस बेला रक्सी खानु हुँदैन । यसले शरीरलाई नोक्सान त पु¥याउँछ नै यी दुवैको मिश्रणले एसिटल्डिहाइड नामक केमिकल बन्छ । यस केमिकलले तपाईंलाई रिँगटा लाग्ने, उल्टी हुने र अनुहारको चमक बिगार्ने, टाउको दुख्ने, श्वास बढ्ने र मुटुमा पीडा हुने जस्ता समस्या देखिन्छन् ।
डाइसल्फिरम नामक औषधि खाइरहेका बेला पनि रक्सी पिउनु भयो भने समस्या देखिन्छ । यो औषधि रक्सीको लत छुटाउन प्रयोग हुन्छ । यो औषधि खाइरहेका बेला रक्सी पिएका खण्डमा विविध किसिमका लक्षण देखिन्छन् । ती देखिऊन् भनेर नै रक्सी छुटाउनका लागि कतिपय चिकित्सकहरुले यो औषधि लेखेर दिन्छन् ।
रक्सी नपिउने सल्लाह
मेट्रोनिडाजोल औषधि खाने सल्लाह दिँदा चिकित्सकहरुले रक्सी नखाने भनी चेतावनी दिन्छन् । मेट्रोनिडाजोललाई दाँतमा इन्फेक्सन, खुट्टामा घाउ भएका बेला वा अन्य चोट लागेका बेला प्रयोग गरिन्छ । मेट्रोनिडाजोल खाइरहनु भएको छ र रक्सी पनि थप्नु भयो भने टाउको दुख्ने, रिँगटा चल्ने, उल्टी हुने र छाति भारी हुनेजस्ता समस्या देखिन्छन् ।
हुन त सन् २००३ मा फिनल्यान्डमा भएको एउटा अध्ययनमा के थाहा पाइएको थियो भने रक्सी र मेट्रोनिडाजोलको संयुक्त सेवनले खासै नराम्रो कुप्रभाव बोकेर ल्याउने होइन तर सकेसम्म यो औषधि खाइरहेका बेला रक्सी नखानु नै राम्रो भनेर चिकित्सकले सुझाउने गर्छन् ।
यस्तै अन्य एन्टिबायोटिकहरु छन्, टिनिडाजोल, लाइनेजालिड र एरिथ्रोमाइसिन । यी औषधि लेख्दै गर्दा रक्सी नखानु नै राम्रो भन्ने चिकित्सकीय सल्लाह हुने गर्छ ।
सबै एन्टिबायोटिक लिँदा रक्सी खानै नहुने भन्ने छैन । तिनको सूची निकै लामो छ । तर चिकित्सकहरु भन्छन्, ‘तपाईं साँच्चिकै निको हुन चाहनुहुन्छ तर रक्सी पनि खानुहुन्छ भने त्यो औषधिले काम गर्न लामो समय लाग्न सक्छ । त्यसैले चाँडै निको हुने चाहना राख्नेले रक्सी नखाएकै राम्रो ।’
कारण के त ?
एन्टिबायोटिकको प्रयोग कैयौँ रोग निको पार्नका लागि हुने गर्छ । कतिपय यस्ता औषधि त यौन संक्रमणबाट मुक्त हुनका लागि पनि प्रयोग हुने गर्छ । यस्तो अवस्थामा रक्सी नपिउनु नै राम्रो भनी चिकित्सकहरुको सल्लाह हुने गर्छ ।
कतिपटक त हल्ला पनि फाइदाकारक हुन्छन् । जस्तो एन्टिबायोटिक खाइरहेका बेला रक्सी पिउन नहुने आम धारणा । यो त स्वास्थ्यका लागि अति उत्तम हुने भइहाल्यो । स्वास्थ्यमा गम्भीर असर पुग्ने डरले कैयौँले औषधि खाइरहेका बेला कतिपय रोगीले रक्सी छुँदा पनि छुँदैनन् ।
शुक्रवारबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हिमाल डेन्टललाई यसरी बनाए डा. भट्टले ब्राण्ड 
Next article ओम हस्पिटलले भित्र्यायो एक दर्जन थप विशषेज्ञ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133201
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

39
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web