• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

साताव्यापी राष्ट्रिय योग दिवस मनाइने

January 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
साताव्यापी राष्ट्रिय योग दिवस मनाइने

काठमाडौँ,२५ पुस : तेस्रो राष्ट्रिय योग दिवस माघ १ गतेदेखि साताव्यापी रुपमा मुलुकभर बनाइने भएको छ ।शिक्षा मन्त्रालयमा गठित राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज सरोकारवालासँगको छलफलपछि उक्त निर्णय गरेको हो । समितिले सो दिवस भव्यरुपमा सफल तुल्याउन सक्रिय सहभागिताका लागि शिक्षण संस्थालगायत सबै संघसंस्थालाई आह्वान पनि गरेको छ ।सरकारले विसं २०७२ मा प्रत्येक वर्ष माघ १ गतेको दिनलाई राष्ट्रिय योग दिवसरुपमा मनाउने निर्णय गरेको थियो ।

विभिन्न संघ संस्थाको सहयोगमा पहिलो दिन प्रभातफेरी र साताको अन्यतिर योगसम्बन्धी अन्तक्र्रिया गर्ने योग दिवस मूल समारोह समितिले जनाएको छ । तेस्रो योग दिवसका लागि नारा तय गर्न डा हरिप्रसाद पोखरेल र अन्तक्र्रिया सञ्चालनका लागि डा चिन्तामणि योगीको संयोजकत्वमा तथा प्रभातफेरिका लागि ब्रह्मकुमारी राज योग सेवा केन्द्रका प्रतिनिधिको सयोजकत्वमा उपसमिति गठन गरिएको छ ।छलफलमा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पूर्वीय दर्शनबाट अभिप्रेरित हामी नेपालीले योगलाई राष्ट्रिय पर्वका रुपमा मनाउन पाउनु आफैँमा गौरवको विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ हाम्रै ऋषिमुनिले विगतमा योग साधना गरेकाले हामीले पुनर्जीवन दिने प्रयास मात्र गरेका हौँ, योग साधनाले मानिसलाई शान्त र स्वस्थ्य बनाउन योगदान पु¥याउँछ ।”मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले पूर्वीय दर्शनको अभिन्न अंगका रुपमा रहेको योग साधनालाई मानिसका जीवनशैली बनाउने प्रयासले सुखको अनुभूति दिलाउने छ भन्नुभयो ।छलफलमा सहभागी वक्ताले योगलाई आशन र प्रणायममा मात्र सीमित नराखेर शान्ति, समृद्धि र विकाससग जोडेर हेर्न सुझाव दिएका थिए ।

उनीहरूले योगलाई विद्यालयको प्राथमिकतहदेखि उच्च शिक्षासम्मको पाठ्यक्रममा समावेश गर्न, योग सधैका लागि सवैका लागि भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको धारणा व्यक्त पनि गरे । सदाचार, सत्य, धर्म, ध्यानसंगै सिकाइने योग शिक्षा विस्तार गरौँ, जिल्ला जिल्लामा योग दिवस मनाऔँ भन्ने कार्यक्रम बनाउनु आवश्यक रहेकामा पनि जोड दिइएको थियो ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यस्तो छ डा. केसीको बयान
Next article भोजपुरमा स्वास्थ्य बीमा दर्ता शुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131968
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web