• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

February 9th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

हेल्थ टुडे,
काठमाडौं, २६ माघ : मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको छ । आइतबार चित्लाङस्थित विश्वविद्यालयको प्रांगणमा पहिलो पटक दीक्षान्त समारोह सम्पन्न भएको हो ।
दीक्षान्त समारोहमा पहिलो ब्याचमा भर्ना भएका विद्यार्थी धनकृष्ण आचार्य, सवनम सुवेदी र शिशिल राई विश्वविद्यालयका पहिलो स्नातक बने । उनीहरूले अर्गानिक कृषि कार्यक्रमबाट स्नातक गरेका छन् । यो विश्वविद्यालय ‘रिसर्च युनिभर्सिटी’को अवधारणामा स्थापित नेपालको पहिलो विश्वविद्यालय हो ।
दीक्षान्त समारोहमा प्रमुख अतिथि रहेका विश्वप्रसिद्ध उच्च शिक्षा विशेषज्ञ डा. जमिल साल्मीले विश्वविद्यालयका पहिलो स्नातकहरूलाई जिज्ञासु, नैतिक र सामाजिक उत्तरदायी नेताका रूपमा अघि बढ्न प्रेरित गरे । उनले विश्वविद्यालयको भविष्यमुखी मोडेल, गुणस्तर, स्वायत्तता र तीव्र परिवर्तनशील विश्वस्तरीय ज्ञानमा आधारित रहेर आफ्नो यात्रा तय गरेकोमा खुसी व्यक्त गरे । समारोहमा साल्मीलाई उच्च शिक्षा सुधार र नीतिमा उत्कृष्ट अन्तरराष्ट्रिय योगदानका लागि सम्मान स्वरूप मानद उपाधि प्रदान गरिएको थियो ।
समारोहमा विश्वविद्यालय बोर्ड अफ ट्रस्टीका सदस्य प्रोफेसर सुजान फोर्टियरले स्नातकहरूलाई बधाई दिँदै शैक्षिक र व्यावसायिक यात्रामा उत्कृष्टता, इमानदारीका लागि शुभकामना प्रदान गरिन् । उनी क्यानडाको म्याकगिल विश्वविद्यालयकी पूर्व प्रिन्सिपल र भाइस–चान्सलर पनि हुन् । यस्तै क्यानाडाको नेचुरल साइन्सेस एन्ड इन्जिनियरिङ रिसर्च काउन्सिलकी पूर्वअध्यक्ष पनि हुन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने
Next article सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

133
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web