• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 24th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बीपी स्मृति अस्पताल आफ्नै भवनमा

January 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बीपी स्मृति अस्पताल आफ्नै भवनमा

हेल्थ टुडे

काठमाडौँ, १३ माघ :  बसुन्धरास्थित बीपी स्मृति सामुदायिक अस्पताल आफ्नै भवनमा सरेको छ । स्थापनाको १० वर्षपछि अस्पतालले आफ्नै भवन बनाएर त्यहीबाट सेवा सुरु गर्न थालेको हो । यसअघि सो अस्पतालले भवन भाडामा लिएर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको थियो । नयाँ भवन बसुन्धरा प्रहरीचौकीको नजिकै चक्रपथ भित्रपट्टी रहेको छ । अस्पतालको १० औं साधारण सभाको अवसर पारेर शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ भवनको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले सहकारीको माध्यमबाट जनतालाई सुलभ रुपमा गुणस्तरीय सेवा पुरयाएकोमा सेयर सदस्य तथा अस्पताल प्रशासनको प्रशंंसा गरे ।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष एवं अस्पतालका अध्यक्ष डा. केदार नरसिंह केसीले महामानव विपी कोइरालाको नामबाट स्थापना गरेर आम सर्वसाधारणलाई शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन सफल भएको दावी गरे । उनले सहकारीका माध्यमबाट सञ्चालित सामुदायिक अस्पताललाई साधनस्रोत सम्पन्न गराई थप सेवा उपलव्ध गराउने लक्ष्य रहेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा. धनबहादुर रानाले अस्पतालको विगत बर्तमान र भविस्यको योजनाबारेमा बताएका थिए । सो अस्पतालमा अहिले ४९५ सेयर सदस्य रहेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २३० महिलाको पाठेघर र स्तन क्यान्सर परिक्षण
Next article कुष्ठरोगका कारण ३० हजार अंगभंग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132237
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web