• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवसायी संघले भन्यो, औषधि आयात रोके आन्दोलन

February 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवसायी संघले भन्यो, औषधि आयात रोके आन्दोलन

हेल्थ टुडे

काठमाडौं, १९ माघ : सरकारले सस्तो र गुणस्तरीय औषधि आयात रोक्ने गरि बनाउन लागेको नीति निर्देशिका जनताको हितमा नभएको भन्दै त्यसलाई अगाडि नबढाउन नेपाल औषधि व्यवसायी संघले सरकारको ध्यानाकर्षण गरेको छ । संघले स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागका महानिर्देशकलाई पाँच बुदे ज्ञापनपत्र बुझाउदै सस्तोमा गुणस्तरीय औषधि सेवन गर्न पाउने नेपाली जनताको अधिकार र खुल्ला अर्थनीति अवलम्बन गरेको देशको नाताले व्यवसाय गरेर खान पाउने व्यवसायीको हकको सम्मान गर्दै औषधि आयातमा प्रतिवन्ध लगाउने गरि बनाउन लागिएका नीति निर्देशिका अगाडि नबढाउन माग गरेको हो ।

औषधि आयात प्रतिस्थापन गर्न २०७१ जेठ २६ मा भएको सचिव स्तरीय निर्णय खारेज गरिनु पर्ने, सस्तो मूल्यको औषधि आयात बन्द गरेर महंगो औषधि लाद्ने निर्णय रद्द गर्नु पर्ने, ३० प्रकारका विदेशी औषधि आयात रोक्ने निर्णय खारेज हुनु पर्ने, औषधि सम्बन्धी कुनै पनि नीति, नियम, कानून बनाउदा औषधि व्यवसायीको संलग्नता हुनु पर्ने र आफ्ना माग तत्काल सुनवाई हुनु पर्ने पाँच बुदे माग संघले अगाडि सारेको छ ।

नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा हस्तिाक्षरित ज्ञापन पत्रमा सरकारले माग सुनवाई नगरे देशभरिका औषधि व्यवसायी आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । स्वदेशी औषधि उत्पादक र विदेशबाट औषधि आयात गर्ने आयातकर्ताहरुबिच औषधि आयातका बिषयमा परस्पर विरोधी धारणा व्यक्त भइरहेका छन् । सरकारले स्वदेशी औषधिलाई प्रोत्साहन गर्न विदेशी औषधिको आयत रोक्नु पर्ने माग औषधि उत्पादकहरुको छ भने खुल्ला अर्थ व्यवस्था अवलम्बन गरेको देशले सस्तोमा गुणस्तरीय औषधि पाउने जनताको अधिकार रक्षाका लागि औषधि आयत बन्द गर्न नपाइने माग औषधि आयातकर्ताहरुको छ । स्वदेशमा उत्पादन हुने औषधिको तुलनामा विदेशबाट आयात हुने औषधि सस्तो हुने र गुणस्तरीय भएकोले सरकारले आत्मनिर्भरताका नाममा महंगो औषधि भिडाउन नपाइने उनीहरुको तर्क छ ।

औषधिमा देशलाई आत्मनिर्भर बनाउन सरकारले स्वदेशी औषधिलाई प्रोत्साहन दिनु पर्ने र गुणस्तरीय औषधि उपलब्ध गराउन आफूहरु सक्षम रहेको स्वदेशी औषधि उत्पादकहरुले बताउदै आएका छन । नेपालमा खतप हुने कुल औषधिको ४४ प्रतिसत औषधि स्वदेशमै उत्पादन हुन्छ भने ५६ प्रतिसत विदेशबाट आयत गर्नु पर्ने अवस्था छ । वर्षमा २७ अर्वको आयात हुन्छ भने १२ देखि १५ अर्वको औषधि स्वदेशमै उत्पादन हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शुक्रबार कण्डमको विक्री दोब्बर
Next article के हुन्छ महिनावारीका बेला सरसफाई नगर्दा 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

147
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web