• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औषधि व्यवसायी संघले भन्यो, औषधि आयात रोके आन्दोलन

February 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औषधि व्यवसायी संघले भन्यो, औषधि आयात रोके आन्दोलन

हेल्थ टुडे

काठमाडौं, १९ माघ : सरकारले सस्तो र गुणस्तरीय औषधि आयात रोक्ने गरि बनाउन लागेको नीति निर्देशिका जनताको हितमा नभएको भन्दै त्यसलाई अगाडि नबढाउन नेपाल औषधि व्यवसायी संघले सरकारको ध्यानाकर्षण गरेको छ । संघले स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागका महानिर्देशकलाई पाँच बुदे ज्ञापनपत्र बुझाउदै सस्तोमा गुणस्तरीय औषधि सेवन गर्न पाउने नेपाली जनताको अधिकार र खुल्ला अर्थनीति अवलम्बन गरेको देशको नाताले व्यवसाय गरेर खान पाउने व्यवसायीको हकको सम्मान गर्दै औषधि आयातमा प्रतिवन्ध लगाउने गरि बनाउन लागिएका नीति निर्देशिका अगाडि नबढाउन माग गरेको हो ।

औषधि आयात प्रतिस्थापन गर्न २०७१ जेठ २६ मा भएको सचिव स्तरीय निर्णय खारेज गरिनु पर्ने, सस्तो मूल्यको औषधि आयात बन्द गरेर महंगो औषधि लाद्ने निर्णय रद्द गर्नु पर्ने, ३० प्रकारका विदेशी औषधि आयात रोक्ने निर्णय खारेज हुनु पर्ने, औषधि सम्बन्धी कुनै पनि नीति, नियम, कानून बनाउदा औषधि व्यवसायीको संलग्नता हुनु पर्ने र आफ्ना माग तत्काल सुनवाई हुनु पर्ने पाँच बुदे माग संघले अगाडि सारेको छ ।

नेपाल औषधि व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा हस्तिाक्षरित ज्ञापन पत्रमा सरकारले माग सुनवाई नगरे देशभरिका औषधि व्यवसायी आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । स्वदेशी औषधि उत्पादक र विदेशबाट औषधि आयात गर्ने आयातकर्ताहरुबिच औषधि आयातका बिषयमा परस्पर विरोधी धारणा व्यक्त भइरहेका छन् । सरकारले स्वदेशी औषधिलाई प्रोत्साहन गर्न विदेशी औषधिको आयत रोक्नु पर्ने माग औषधि उत्पादकहरुको छ भने खुल्ला अर्थ व्यवस्था अवलम्बन गरेको देशले सस्तोमा गुणस्तरीय औषधि पाउने जनताको अधिकार रक्षाका लागि औषधि आयत बन्द गर्न नपाइने माग औषधि आयातकर्ताहरुको छ । स्वदेशमा उत्पादन हुने औषधिको तुलनामा विदेशबाट आयात हुने औषधि सस्तो हुने र गुणस्तरीय भएकोले सरकारले आत्मनिर्भरताका नाममा महंगो औषधि भिडाउन नपाइने उनीहरुको तर्क छ ।

औषधिमा देशलाई आत्मनिर्भर बनाउन सरकारले स्वदेशी औषधिलाई प्रोत्साहन दिनु पर्ने र गुणस्तरीय औषधि उपलब्ध गराउन आफूहरु सक्षम रहेको स्वदेशी औषधि उत्पादकहरुले बताउदै आएका छन । नेपालमा खतप हुने कुल औषधिको ४४ प्रतिसत औषधि स्वदेशमै उत्पादन हुन्छ भने ५६ प्रतिसत विदेशबाट आयत गर्नु पर्ने अवस्था छ । वर्षमा २७ अर्वको आयात हुन्छ भने १२ देखि १५ अर्वको औषधि स्वदेशमै उत्पादन हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के हुन्छ महिनावारीका बेला सरसफाई नगर्दा 
Next article शुक्रबार कण्डमको विक्री दोब्बर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web