• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पर्सामा चैतदेखि स्वास्थ्य विमा सुरु

February 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पर्सामा चैतदेखि स्वास्थ्य विमा सुरु

हेल्थ टुडे,

वीरगञ्ज, माघ २३ :  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम पर्सामा पनि सुरु गरिने भएको छ । आर्थिक वर्ष २०७२ र ०७३ बाट सुरु भएको यो कार्यक्रम पर्सामा पनि सञ्चालन गर्न लागिएको हो । २०७२ साल चैत २५ गते कैलाली जिल्लाबाट सुरु गरिएको कार्यक्रम अहिले २५ जिल्लामा सञ्चालनमा छ । चैतसम्म २९ वटा र ०७५ असारसम्ममा ३९ वटा जिल्लामा सेवा बिस्तार गर्ने लक्ष्यका साथ काम यसको काम अगाडि बढीरहेको छ ।

पर्सामा चैत महिनादेखि दर्ता सुरु हुने र जेठबाट लागू हुने गरी कार्यक्रम सुरु गर्न लागिएको स्वास्थ्य बीमा बोर्डका व्यवस्थापक नरेश चौधरीले जानकारी दिए । ‘पर्सामा छिट्टै सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ । जिल्लामा अहिले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिने र स्थानीय सञ्चारमाध्यमबाट प्रचारप्रसार भइरहेको छ,’ बोर्डका व्यवस्थापक चौधरीले भने, ‘चैत १ गतेबाट दर्ता सुरु गर्छौै र जनताले जेठ १ गतेबाट सेवा पाउनेछन् । ‘ पर्साको १४ वटा स्थानीय तह मध्ये पोखरीया र छिपहरमाई नगरपालिका, विन्दवासीनी, पकाहमैनपुर र धोविनी गाउँपालिका गरी ५ वटा स्थानीय तहका जनप्रतिनीधिलाई प्रशिक्षण दिइसकेको चौधरीले बताए । उनका अनुसार वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधिहरुलाई माघ २८ गते प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । जिल्लामा सञ्चालित ९ वटा एफएम मार्फत भोजपुरी र नेपाली दुवै भाषमा स्वास्थ्य बीमा कार्यक्रमको जिङगल प्रशारण भइरहेको नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जराले बताए । बीमाका लागि स्थानीय वडाबाट छनौट भएर आएका दर्ता सहयोगीहरुले घरदैलोमै आएर फोटो भएको परिचयपत्र हेरेर दर्ता गर्नेछन् । सरकारले उपलब्ध गराएको गरीबीको परिचय पत्र भएकाहरुले योगदान रकममा पनि छुट पाउनेछन् । अति गरिबलाई निःशुल्क बीमा गराइनेछ भने गरीबलाई ७५ प्रतिशत र सीमान्तकृत गरीबलाई योगदान रकममा ५० प्रतिशत छुट पाउनेछन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मातृ र नवजात शिशु मृत्युदर शुन्यमा झार्न घरमै पुगेर उपचार
Next article किन महिलाहरु स्तन बढाउन चाहन्छन् ? यी हुन रहस्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134001
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web