• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

निद्रा लाग्दैन भने यसो गर्नुहोस्  

February 10th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निद्रा लाग्दैन भने यसो गर्नुहोस्  

महिमा चौधरी,

तपाईंलाई निद्रा नलाग्ने समस्या छ ? त्यसो हो भने त्यसको गतिलो औषधि हो, स्नान । स्नानले शरीरमा फुर्ति ल्याउनुका साथै निद्रा पार्न सहयोग गर्दछ । यसका लागि मौसमअनुसार नुहाउने पानी भने फरकफरक हुनुपर्छ । गर्मी मौसममा चिसो पानीले नुहाउनु जाती हुन्छ भने जाडो समयमा तातो पानीले नुहाउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । व्यवस्थित जीवनका लागि स्नान नभई नहुने क्रिया हो । तर विविध कारणले धेरै मानिसलाई निद्रा नलाग्ने समस्याले पिरोलेको हुन्छ ।

समयमा निद्रा लाग्न रातिको खाना जति सक्यो छिटो खानुपर्छ । नेपालको अवस्थालाई हेर्ने हो भने साँझ सात बजेसम्म खाना खाइसक्नुपर्छ । रातिको खाना हल्का र सादा खानुपर्छ । स्वास्थ्य जानकारहरूका अनुसार पेट जति हल्का हुन्छ, निद्रा पनि त्यति नै चाँडो लाग्छ । विज्ञहरूका अनुसार रातिको खाना खाने समय र सुत्ने समयबीच तीन घन्टाको दूरी आवश्यक छ । खाना खाएको तीन घन्टापछि सुत्नाले खाना पचिसकेको हुन्छ । यसले गर्दा पाचनक्रियाका अंगहरूले पनि आराम गर्ने मौका पाउँछन् । यो स्वास्थ्यका लागि राम्रो मानिन्छ । भरी पेट खाना खाएमा निद्रा नलाग्न सक्छ । खाना खाने बित्तिकै सुत्यो भने निद्रा लाग्दैन ।

चिकित्सकहरूका अनुसार एक वयस्क र स्वस्थ्य व्यक्तिले कम्तीमा पनि ६ घन्टा सुत्नै पर्छ । निद्रा उमेरअनुसार फरकफरक हुन्छ । बालबालिकाले दिनमा १० घन्टासम्म सुत्नु राम्रो मानिन्छ । बुजु्रकहरूलाई कम निद्रा लाग्छ । उमेर बढ्दै गएपछि निद्रा पनि कम हुँदै जान्छ । यसलाई स्वाभाविक मान्नुपर्छ । निद्राले थाकेको शरीरलाई आराम दिन्छ । निद्रा लागेन भन्दैमा औषधि सेवन गर्नुहुँदैन । निद्रा लाग्ने औषधिले साइड इफेक्ट गर्छ । प्राकृतिक चिकित्सा वा योगाले निद्रा लाग्नमा सहयोग गर्छ । आत्मविश्वास, दृढ इच्छाशक्ति र सकारात्मक सोचले निद्रा लाग्नमा मद्दत गर्दछ ।  सुत्ने समय सकभर एउटै बनाउनु उत्तम हुन्छ । हरेक दिन फरकफरक समयमा सुत्ने बानीले निद्रा लाग्दैन । मनतातो पानी वा दूधमा एक चम्चा मह घोलेर खानाले पनि मीठो निद्रा लगाउँछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. प्रविण मिश्र, रिटायर्ड बट नट टायर्ड 
Next article दूध यसरी बन्दैछ अमृतवाट विष

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133805
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

110
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web