हेल्थ टुडे,
काठमाडौं, २९ माघ : महाशिवरात्रीको दिन मंगलबार ग्राण्डी हस्पिटलले पशुपतिनाथ मन्दिर परिसरमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ ।अस्पतालले हरेक बर्ष झै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथको दर्शनकालागि देश बिदेशबाट आएका दर्शनार्थिहरुलाई आकस्मिक उपचार सेवा दिन इमर्जेन्सी हेल्थ डेस्क सञ्चालन गर्न लागेको हो ।हेल्थ डेस्कमा इएमएस भ्यान सहित ग्राण्डी हस्पिटलका चिकित्सक र नर्स सहितको टोलीले मंगलबार बिहान ७ बजेदेखि मन्दिर परिसरको पश्चिम प्रवेशद्वारको दायाँतर्फ रहेको चुनचुन डवलीस्थित डेस्कमा रहेर सेवा प्रदान गर्नेछन् । ग्राण्डीले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपतिनाथ मन्दिर परिसरमा हरेक बर्ष महाशिवरात्री तथा हरितालिका तीजमा इमरजेन्सी हेल्थ डेस्क सञ्चालन गर्दै आएको जनाएको छ ।
Leave a Reply