• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा बोहोरा र डा.पुष्पाको नाङ्गो नाच , विभागमा ३ दिनमा ३ महानिर्देशक

February 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा बोहोरा र डा.पुष्पाको नाङ्गो नाच , विभागमा ३ दिनमा ३ महानिर्देशक

 

हेल्थ टुडे,

काठमाडौं, २ फागुन : पैसाका लागि जे गर्न पनि पछि नपर्ने छवि बनाएका खलपात्रहरु स्वास्थ्य मन्त्री दीपक बोहोरा र सचिव डा.पुष्पा चौधरीका विवादास्पद् निर्णयका कारण स्वास्थ्य मन्त्रालय दिनप्रतिदिन थलापर्दै गइरहेको छ । यी दुबैको गलत निर्णयका कारण अहिले स्वास्थ्य मन्त्रालयमा कार्यरत जनशक्ति निरास मात्र नभएर हतासमा छन् । कही नभएको जात्रा हाडी गाउँमा भन्ने उखानलाई बिर्साउदै बोहोरा र डा. चौधरीले स्वास्थ्य सेवा विभागमा ३ दिनमा ३ जना महानिर्देशक पठाएर जग हसाउने काम गरेका छन् ।  माघ २९ गते ( सोमबार) विभागमा डा. तारा पौडेल निमित्त महानिर्देशकको रुपमा काम गरिरहेका थिए । त्यही दिन मन्त्रालयको पत्र लिएर विभागको महानिर्देशकमा डा. राजेन्द्र पन्त विभाग गए । डा.पन्त विभागको महानिर्देशकमा रुपमा हाजिर गरे र कर्मचारीलाई आवश्यक निर्देशन दिए । त्यसको तेश्रो दिन आज फेरि सचिव डा. चौधरीको सल्लाहमा मन्त्री बोहोराले डा. विनोदमान श्रेष्ठलाई विभागको महानिर्देशक नियुक्त गरे । ३ दिनमा ३ महानिर्देशक विभाग गएपछि विभागमा मात्र नभएर मातहतका महासाखा र साखाहरुमा भएपछि कति बेला के हुने भन्ने अन्यौल छाएको छ ।

सचिव डा. चौधरीको मिलेमतोमा मन्त्री बोहोराले गत पुष ३० गते स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गरेर विभागको निमित्त महानिर्देशकका पोखरा क्षेत्रिय अस्पतालमा कार्यरत डा. तारा पौडेललाई नियुक्त गरेका थिए । आफूलाई कानून विपरित सरुवा गरेको भन्दै डा. पन्त पुनर्वहालीको माग राख्दै सर्वोच्च गएपछि अदालतले माघ १९ गते मन्त्रीले गरेको नियुक्त कार्यन्वयन नगर्न र डा. पन्तलाई नै महानिर्देशकमा निरन्तरता दिनु पर्ने अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशपछि माघ २९ गते डा. पन्तलाई महानिर्देशकमा पुनर्वहाली गरिएको पत्र मन्त्रालयले डा. पन्तलाई दिए पछि उनी विभागमा हाजिर भएका थिए । कुनै पनि हालतमा डा. पन्तलाई महानिर्देशक नबनाउने योजनामा रहेकी डा. चौधरीको सल्लाह अनुसार बुधबार सरकारबाट बाहिरिदै गर्दा मन्त्री बोहोराले एक महिनापछि सेवा निवृत भइरहेका डा. विनोदमान श्रेष्ठलाई विभागको नयाँ महानिर्देशक नियुक्त गरेका छन् ।

मन्त्रालय स्रोतका अनुसार डा. श्रेष्ठको नियुक्त सचिव डा. चौधरीकै योजना अनुसार भएको हो । एक महिनापछि डा. श्रेष्ठ सेवा निवृत भएपछि फेरि आफुले बोलकबोलमा महानिर्देशक नियुक्त गर्न सकिने योजना सहित डा. चौधरीले यो चाल चलेको मन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ । मन्त्री बोहोराले नियुक्त गरेका डा. पौडेलको काज फिर्ता पोखरा भइसकेको छ । तर अदालतको आदेशपछि पुनर्वहाली भएका डा. पन्त र बुधबार नियुक्त गरेको अर्का महानिर्देशक डा. श्रेष्ठ मध्ये कसको अवस्था के हुने भन्नेमा भने अन्यौल रहेको मन्त्रालय स्रोतले जनाएको छ । गगन थापा स्वास्थ्य मन्त्री भएका बेला विभागको महानिर्देशक रहेकी डा. चौधरीलाई मन्त्रालय सरुवा गरेर डा. पन्त निमित्त महानिर्देशक भएका थिए । डा. चौधरी त्यही बदला दिन कानून बिपरितका काम गरिरहेकी छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी बचाऔं बच्चाको दूधेदाँत
Next article यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134430
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web