हेल्थ टुडे,
काठमाडौं,२१ फागुन : स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विनोदमान श्रेष्ठले महानिर्देशक भएको १०दिनमै उमेरहदका कारण अनिवार्य अवकास पाएका छन । तत्कालिन स्वास्थ्य मन्त्री दिपक बोहराले श्रेष्ठलाई फागुन २ गते महानिर्देशकको रुपमा नियुक्त गरे ता पनि त्यति बेला आफूलाई जानकारी नै नदिई जिम्मेवारी दिएकोमा असन्तुष्टि जनाएका थिए । सोहि कारण जिम्मेवारी पाउदा समेत उनले पदवहाली गरेका थिएनन। महानिर्देशकमा नियुक्त भएको ९ दिनपछि फागुन ११ गते बाट विभागमा गएर जिम्मेवारी सम्हालेका थिए ।
Leave a Reply