• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काउन्सिललाई ढाँटे नर्भिकका  डाक्टरले

March 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काउन्सिललाई ढाँटे नर्भिकका  डाक्टरले

काठमाडौ : देब्रेको सट्टा दाहिने घुडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत
ढाँटेका छन् ।काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले  बिरामी देब्रे घुडाका लागि आएको त हो , तर हाम्रो नजरमा दाया घुडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौ  भनेर दाबी गरेका थिए ।शल्यक्रियामा डा. प्रवीण नेपाल र डा.शैलेज रञ्जितकार संलग्न थिए । चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा दाहिने घुडाको शल्यक्रिया गरिएको थियो। एमआरआई परीक्षणबाट देब्रे घुडाको शल्यक्रिया गर्नुपर्ने देखिए पछि पौडेल उपचारका लागि चितवनबाट
नर्भिकमा आएकी थिइन् । काउन्सिलबाट कारबाहीमा परिने डरले उनीहरूले सरासर ढाटेका हुन्,’ काउन्सिलका एक पदाधिकारीले  भने , ‘ जनदबाब पर्दा बिरमीसग गल्ती स्वीकार गरेर ढाकछोप गर्ने र कानुनी कारबाहीमा परिने डरले काउन्सिलमा आफूले गल्ती नगरेको दाबी गर्ने प्रवृत्ति देखियो।’ डा. नेपाल, डा.रञ्जितकार , नर्भिकका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंह, बिरामीका  पति किशोर पौडेल लगायतबीच भएको लिखित सहमतिपत्रमा ‘ भूलवश मानवीय त्रुटिका कारण दाहिने घुडाको अप्रेसन हुन गएको  तथ्य उपचारमा संलग्न हामी चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार , नर्भिक हस्पिटल स्वीकार गर्दछौ ’ उल्लेख छ ।‘ यो लापरबाही नै हो , सार्वजनिक रूपमा समेत उहाहरूले आफ्नो गल्ती स्वीकार गरि सक्नुभएको छ,’ काउन्सिलका ती पदाधिकारीले भने , ‘ यो प्रकरणमा कसैले उजुरी नदिए पनि जनचासोको विषय भएकाले काउन्सिललेआफै छानबिन थालेको हो।’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले यो प्रकरणमा सरोकारवाला, विशेषज्ञ लगायत सबैसग छलफल र छानबिन भइरहेको जानकारी दिए । ‘ छानबिन तथा विज्ञको सुझावका आधारमा नर्भिक प्रकरणमा भोलि (बुधबार ) को काउन्सिल पूर्ण बैठकले निर्णय लिने छ ।’ काउन्सिलले यो प्रकरणमा चिकित्सकलाई निलम्बनसम्मको कारबाही गर्न सक्ने जानकारी स्रोतले दिएको छ । नर्भिकले यो प्रकरणमा पीडित पक्षसग भूलवश गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता आए उपचार गरिदिने सहमति गरेको छ ।कान्तिपुरबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले
Next article भरतपुर अस्पतालमा सुविधा सम्पन्न ‘डेण्टल चियर’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web