• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यी अवस्थामा एन्टीबायोटिक खानु हुदैन

March 26th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यी अवस्थामा एन्टीबायोटिक खानु हुदैन

डा. अम्बिका पाण्डे,

विभिन्न किसिमका सूक्ष्म जीवाणू (व्याक्टेरीया) ले धेरै किसिमका रोग लगाउँछन । यस्ता सुक्ष्म जीवाणुको संक्रमणबाट विभिन्न रोग लाग्नुका साथै ज्वरो आउने, घाउ पाक्ने, खोकीलाग्ने, शरीर सुन्निने आदि विभिन्न लक्षणहरु देखा पर्दछन । सुक्ष्म जीवाणुको संक्रमणका विरुद्धमा प्रयोग हुने औषधिलाई एन्टीवायोटिक भनिन्छ । सुक्ष्म जीवाणुको किसिम अनुसार प्रयोग गर्नुपर्ने एन्टीवायोटिक पनि फरक फरक हुन्छ र एउटै एन्टीवायोटिक सवै संक्रमणमा उपयोगी हुँदैन ।  दिनमा कति पटक प्रयोग गर्ने र कति अवधिसम्म प्रयोग गर्ने भन्ने पनि संक्रमण र एन्टीवायोटिक अनुसार फरक फरक हुन्छ । यी कुराको जानकारी चिकित्सक र स्वास्थ्यकर्मीलाई हुने भएकाले उनीहरुको सल्लाह अनुसार मात्र एन्टीवायोटिकको प्रयोग गर्नुपर्दछ ।

१. चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना विरामी स्वयंले एन्टीवायोटिक औषधिको सेवन गर्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह विना एन्टीवायोटिक औषधिको प्रयोग गर्दा औषधिले संक्रमणबाट मुक्ति नदिने मात्र होइन, रिएक्सन भएर मानिसको ज्यान जोखिममा पर्नसक्छ ।

२. गर्भवती वा स्तनपान गराइरहेकी महिलाले आफूखुशी एन्टीवायोटिक औषधि सेवन गर्दा शिशुमा समेत नराम्रो असर पर्नसक्छ तथा अंगभंग भएको वा सुस्त मनस्थिति भएको वच्चा जन्मन सक्दछ ।

३. एन्टीवायोटिकको पूरा मात्र नखानाले व्याक्टेरियाले एन्टीवायोटिक विरुद्धमा लड्ने क्षमता (प्रतिरोध) को विकास गर्द र अर्को पटक सो एन्टीवायोटिकको प्रयोग गर्दा रोग निको नहुने हुनसक्छ ।

४. प्रतिरोध विकास गरेको व्याक्टेरियाको संक्रमण जोसुकैलाई भए पनि सो एन्टीवायोटिकले असर नगर्ने भएकाले प्रतिरोध विकास गर्नु भनेको समुदाय र व्यक्तिको लागि मात्र होइन, विश्वकै लागि समस्या हुनसक्छ । त्यसैले सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र एन्टीवायोटिकको प्रयोग गरौं, गराऔं ।

५. नियम र अवधि नपु¥याएर एन्टीवायोटिक सेवन गरेमा रोगका लक्षणहरु नदेखिने भए पनि रोग निको नभई पुनः बल्झिने हुनसक्छ र अरुलाई उक्त रोग सर्न सक्दछ जसले गर्दा उनीहरुमा पनि त्यो समसया देखापर्दछ ।

६. भाइरसबाट हुने रुघाखोकी लगायत अन्य साधारण रोगमा एन्टीवायोटिकले असर गर्दैन ।

७. एन्टीवायोटिक औषधि सधैं चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहमा तोकिएको मात्रा र अवधिसम्म अनिवार्य रुपमा प्रयोग गरौं ।

औषधिको दुरुपयोग नगरौं

१. स्वास्थ्य परीक्षण नगरी औषधिको सेवन नगरौं ।

२. निन्द्रा लाग्ने तथा मनोद्वीपक औषधिहरुको अनावश्यक सेवनले गर्दा थाहै नपाई लत लाग्ने भएकाले यस्ता औषधि चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार निश्चित अवधिका लागि मात्र प्रयोग गरौं ।

३. लागु तथा मनोद्वीपक औषधिको लगत नराखी विक्री वितरण गर्नु गैरकानूनी काम हो । अतः लगत राख्न औषधि व्यवसायीलाई सहयोग गरौं ।

४.औषधि रहरले होइन आवश्यकता अनुसार मात्र प्रयोग गरौं ।

५. जीवन अमुल्य छ, दुव्र्यसनी वनी यसलाई खेर नफालौं । दुव्यसन मुक्त समाज निर्माण गरौं ।

६. किशोरावस्थाका केटाकेटीलाई अभिभावकहरुले मायाममता र सही मार्गनिर्देशन दिएर उनीहरुलाई दुव्यर्सनको लतमा फस्नबाट जोगाऔं ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘हाम्रो डक्टर’ ले ल्यायो नयाँ अनलाइन स्वास्थ्य सेवा संस्करण
Next article ‘मेडिकल ड्रोन’ को उडान परीक्षण तयारीमा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web