काठमाडौं ,१६ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको विभागीय जिम्मेवारी राज्यमन्त्री पद्मा अर्याललाई दिएका छन् ।यसअघि प्रधानमन्त्री ओली सँगै रहेको मन्त्रालयको जिम्मेवारी अब राज्यमन्त्री अर्यालले पूर्णरुपमा पाएकी छन् ।स्वास्थ्य मन्त्रालय संघीय समाजवादी फोरम नेपालका लागि छुट्याइएको थियो । फोरम सरकारमा नआएपछि प्रधानमन्त्री ओलीले राज्यमन्त्री अर्याललाई मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।राज्यमन्त्री अर्यालले मन्त्रीकै हैसियतले क्याविनेटमा प्रस्ताव लिन पाउनेछन् ।
Leave a Reply