• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पुनर्वासमा पाठेघर र स्तन क्यान्सर शिविर सञ्चालन

April 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पुनर्वासमा पाठेघर र स्तन क्यान्सर शिविर सञ्चालन

कञ्चनपुर, १८ चैत : खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ ।आफ्ना दिवङ्गत पति प्रकाश दाहाल र आमाज्यू ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको सो कार्यक्रममा मन्त्री मगरले महिलाले रोग लुकाएर बस्नु नपर्ने उल्लेख गर्दै एक पटक जाँच गरे पाँच वर्ष ढुक्क बस्न सकिने र रोग भए नभएको बारे यकिन हुने बताउनुभयो ।

“क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा पति प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो”, मन्त्री मगरले भन्नुभयो, “उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।”शिविर सञ्चालन समितिका संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निःशुल्क औषधिसमेत व्यवस्था गरिएको बताउनुभयो । क्यान्सर अस्पतालका निर्देशक डा विजयचन्द्र आचार्यले पाठेघरको मुख र स्तनको अर्बुद हुनुअघि नै जाँच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट बच्न सकिने बताउनुभयो ।पुनर्वास र बेलौरी नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा हुने शिविर १ नं निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा समेत सोमबार र मंगलबार सञ्चालन गरिने छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने सरकारको तयारी
Next article चितवनका स्वास्थ्य संस्था स्थानीय सरकारलाई हस्तान्तरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134451
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web