• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा सन्दुक रुइतले ग्रहण गरे भारतको प्रतिष्ठित पद्मश्री

April 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा सन्दुक रुइतले ग्रहण गरे भारतको प्रतिष्ठित पद्मश्री

हेल्थ टुडे,

काठमाडौं : तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी एवं नेपालका चर्चित आँखारोग विशेषज्ञ डा सन्दुक रुइतले भारतको प्रतिष्ठित पद्मश्री अवार्ड ग्रहण गरेका छन् । सोमबार भारतीय राष्ट्रपति रामनाथ केविदले डा. रुइतलाई भारतकै प्रतिष्ठित सम्मान पद्मश्री प्रदान गरेका हुन्  राष्ट्रपति निवासमा  भएको विशेश समारोहमा यो वर्ष पद्मीश्री पाउने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो । नेपाली आँखा चिकित्सक डा रुइतलाई भारत सरकारले सस्तोमा मोतियाबिन्दूको शल्यक्रिया गर्ने खोज र सस्तो दरमै मोतियाबिन्दुको उपचार पछि प्रयोग हुने लेन्स निर्माण गरेको कामको कदर गर्दै उनाई पद्मश्री दिएको बताएको छ ।  ।  डा रुइतले सन् २००६ मा म्याग्सेसे पुरस्कार समेत पाएका छन् । उनको खोजले मोतियाबिन्दूको शल्यक्रियाको शुल्क ९० प्रतिशतसम्मले कम भएको  र ३० भन्दा बढी देशहरूमा लेन्स निर्यात गर्ने गरेको उल्लेख छरुइत ताप्लेजुङको ओलाङचुङगोलामा जन्मे हुर्केका हुन् । सुरुमा दार्जि्लिङको मिसनरी स्कूल सेन्ट रोबट्र्समा  पढे। त्यसपछि एसएलसीसम्म काठमाडौंका सिद्धार्थ वनस्थली स्कुलमा अध्ययन गरे ।  त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे । एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा तीन वर्ष बिताए। फेरि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा  विशेषज्ञता गरे ।

स्वास्थ्य क्षेत्रबाटै पद्मश्री पाउनेमा केराला डा एमआर राजा छन् । उनलाई गम्भीर अवस्थाका बिरामीको गुणस्तरीय जीवनका लागि र्पुयाएको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको हो । दुखाइ रहित नियोनेटल सर्जरीमा विशेषज्ञता हासिल गरेका उनले भारतमै पहिलो ‘पेल्लिएटिभ केयर युनिट’ तयार पारेका थिए । यसैगरी दक्षिण भारतकै कमाटकाकी सुलुगट्टी नरसम्मालाई कृर्षी मजदुरलाई प्रसूति सेवा दिए बाफत पुरस्कार दिइएको हो । औपचारिक स्वास्थ्य शिक्षा नलिएकी उनले परम्परागत रुपमा सिकेको सीपका आधारमा निःशुल्क प्रसूति सेवा दिइएकी छिन् । ९७ वर्षीया उनलाई तमकुर युनिभर्सिटीले मानार्थ पिएचडी दिएको छ ।

यसैगरी साउदी अरवका पहिलो प्रमाणित योगा इन्स्ट्रक्टर नोउफ मरवाईले पनि पद्मश्री पाएकी छिन् । उनले साउदीमा ७० भन्दा बढी योगाका शिक्षक  उत्पादन गरेकी छिन् भने ३ हजारलाई योगा सिकाएकी छिन् ।  तमिल नाडुकी ९८ वर्षकी भी नानाम्मल भारतकी सबैभन्दा वृद्धा योगा शिक्षिका हुन् । उनले योगामा र्पुयाएको योगदानको कदर गर्दै पुरस्कार पाएकी छिन् । हिमाञ्चल प्रदेशका ९० वर्षीय यसी ढोडेनले गुम्बामा उपचार सेवा दिए बाफत पद्मश्री पाएका छन् । कुष्ठरोग नियन्त्रणमा जीवन लगाएका ८२ वर्षीय दामोदर गणेश बापतले पद्मश्री पाएका छन् । परम्परागत चिकित्सा मार्फत् विष नियन्त्रण गर्ने औषधिका लागि लक्ष्मीकुट्टीले पुरस्कार पाएकी छिन् । उनले सर्पले टोकेका हजारौं बिरामीको उपचार परम्परागत चिकित्साको सहयोगले गरेकी छिन् । परम्परागत रुपमा उपचारका लागि प्रयोग भइरहेका ५ सय भन्दा बढी औषधि सम्झेकी छिन् ।  ग्रामिण क्षेत्रमा उपचार सेवा दिएकाले डा रानी र अभय बांग पुरुस्कृति भएका छन् । उनीहरुले जीवनका ३० वर्ष महाराष्ट्रको ग्रामिण इलाका गडचिरोलीमा उपचार सेवा दिएर बिताएका छन् । सामाजिक क्षेत्रमा राम्रो काम गरेको भन्दै पद्मश्री पुरस्कार सुभाषिनी मिस्त्रीलाई दिइएको छ । जसले तरकारी बेचेर गरिबका लागि  अस्पताल बनाएकी छिन् । ( ऐजेन्सीको सहयोगमा )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दोब्बर बढे महिला कण्डम प्रयोगकर्ता
Next article मालश्री काफ्लेको स्मृतिमा भागवत गीता प्रवचन र योगा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132634
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web