• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

June 3rd, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर


हेल्थ टुडे

काठमाडौं, २० जेठ : विभिन्न अस्पतालहरुले विद्युतिय माध्यमबाट प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई अझ बढी छरितो र विश्वसनिय बनाउने उद्देश्यले मेड आईक्यू प्रालिले ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक अत्याधनिक सफ्टवेयर निर्माण गरेर बजारमा ल्याएको छ । नेपाल सरकारले विसं २०८१ सालमा जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका बमोजिम मेड आईक्यूले हेल्थ कन्सर्न नेपालको सहकार्यमा उक्त सफ्टवेयर तयार पारेको हो । ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयरका विषयमा जानकारी गराउने उद्देश्यले कम्पनीले मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा हेल्थ कन्सर्न नेपालका संस्थापक डा.सुवास प्याकुरेलले ‘हस्पिटल अपरेटिङ सिस्टम’ सफ्टवेयरले स्वास्थ्यकर्मीको समय बचत गर्ने, प्रयोगकर्ता मैत्री र विश्वसनिय भएको जानकारी गराउदै ठूला अस्पतालसँगै क्लिनिक, ल्याव, फार्मेसी , पालिका अस्पताल र सामुदायिक अस्पतालहरुका लागि निकै समेत यो सफ्टवेयर उपयोगी रहेको बताए ।
अहिलेको समयमा सुचना प्रविधिबाट कोही पनि भाग्ने नसक्ने बताउदै सुचना प्रविधिका क्षेत्रमा भएका नयाँ नयाँ प्रयोग मार्फत स्वास्थ्य सेवा सहज र छरितो बनाउन अस्पतालहरुलाई आग्रह गरे । कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत सृष्टि पन्तले नेपालमा मात्र सिमित नरहेर बिदेशमा समेत बजार प्रवद्र्धन गर्ने उद्धेश्यले तयार पारिएको सफ्टवेयरले स्वास्थ्य संस्थाहरुलाई सूचना प्रविधि भएर छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने जानकारी दिइन । हेल्थ कन्सर्नको सहकार्यमा यसको नेटवर्क आइटी कम्पनी मेड आइ क्यु प्रा लिले लामो खोज र अनुसन्धान गरि यसको बिकास गरेको पन्तले बताइन ।
पत्रकार सम्मेलनमा कम्पनीका जनसम्पर्क निर्देशक मिलनचन्द्र खनालले प्रविधिको विकाससँगै स्वास्थ्य संस्थाहरु पनि प्रविधि मैत्री भएर अगाडि बढ्नु पर्ने आवश्यकता माथि जोड दिए । कार्यक्रममा नयाँ सफ्टवेयर धेरै महंगो नभएको, प्रयोगकर्तालाई सिक्न धेरै समय नलाग्ने, सजिलै विरामीको सबै रेकर्ड राख्न मिल्ने जस्ता १० वटा फिचर भएकोे कम्पनीकी प्रमुख कार्यक्रम अधिकृत पन्तल जानकारी दिइन । मेड आईक्यूले यो भन्दा पहिले पनि अस्पतालहरुका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण गरेर बजारीकरण गरिसकेको छ । हस्पिटल अपरेटिङ सिस्टम नयाँ चुस्त, दुरुस्त र छिटो छरितो रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन तयार पारिएको सफ्टवेयर हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य
Next article विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131591
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web