• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 29th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सर्पदंशितको उपचार झापामा

April 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सर्पदंशितको उपचार झापामा

हेल्थ टुडे,
झापा, ९ वैशाखः मेची अञ्चलभरिका सर्पदंशका बिरामीको उपचार झापामा हुने गरेको छ । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलाममा सर्पदंश उपचार केन्द्र नहुँदा उनीहरु झापा धाउन बाध्य छन् । झापाको दमक रेडक्रस, नेपाली सेनाको चारआली ब्यारेक र कनकाई सहारा सर्पदंश उपचार केन्द्रबाट सर्पदंशको उपचार हुँदै आएको छ । कनकाई केन्द्र भने दश महिना अघिदेखि सञ्चालनमा आएको हो ।
झापाका यी तीन उपचार केन्द्रबाट नै पूर्वी पहाडी जिल्ला, छिमेकी जिल्ला मोरङ, भारतका पश्चिम बंगाल र बिहार राज्यका बिरामीको उपचार हुँँदै आएको जिल्ला जनस्वाथ्य कार्यालय झापाले जनाएको छ । गर्मी शुरु भएसँगै बिरामीको चाप उच्च हुने गरेको छ । बिरामी बढेसँगै सर्पदंश उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका वरिष्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन कोइरालाले जानकारी दिनुभयो ।
चारआलीस्थित सर्पदंश उपचार केन्द्र व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद भट्टराई भारतमा भन्दा कम मूल्यमा नेपालमा उपचार हुने भएकाले भारतीय बिरामीको चाप बढेको बताउनुहुन्छ । उहाँका अनुसार भर्ना हुँदा रू ५० शुल्क तिर्नुपर्छ । त्यसपछि पाँच सिसीसम्म एन्टी इस्नेक भेनम प्रयोग हुँदा रू एक हजार तिर्नुपर्छ । त्यसभन्दा बढी जति औषधि लागे पनि रू दुई हजार मात्रै सेवा शुल्क लाग्ने भट्टराईले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्ममा जिल्लामा १ हजार १०५ थान भ्याक्सिन खपत भएको कार्यालयका स्टोर किपर रमेश खतिवडाले जानकारी दिनुभयो । अहिले कार्यालयमा ८० थान मात्र भ्याक्सिन मौज्दात छ । ‘भ्याक्सिनको अभाव छ’, उहाँले भन्नुभयो, माग भए अनुसारको भ्याक्सिन नआएकोबताउनुहुन्छ ।
कनकाई केन्द्रमा १० महिनामा १६० सर्पदंशितको उपचार गरिएको केन्द्रका ख्याम शिवाकोटीले बताउनुभयो । उहाँका अनुसार अधिकांश बिरामी दक्षिणी सीमावर्ती भारतीय क्षेत्रका छन् । गत आव २०७३÷७४ मा जिल्लामा एक हजार ५१० थान भ्याक्सिन खपत भएको कार्यालयले जनाएको छ । गर्मी शुरु भएसँगै वैशाखदेखि असोजसम्म सर्पदंशका बिरामी बढी हुने गरेको बताइएको छ । सरकारले संस्थालाई एन्टी स्नेकभेनम निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जवरजस्ती गर्भपतन गराउने गाउपालिका सदस्य पक्राउ
Next article शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132776
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web