• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औलोका विरामी मध्ये आधा भन्दा बढी विदेशबाट फर्केका

April 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औलोका विरामी मध्ये आधा भन्दा बढी विदेशबाट फर्केका

हेल्थ टुडे,

काठमाडौं, १२ बैसाख : देशमा फेला परेका औलोका विरामी मध्ये आधा भन्दा बढी बैदेसिक रोगजारीका लागि विदेश गएर फर्केकाहरु रहेका छन् । देशमा औलोका विरामीको संख्या घट्दै गएपनि रोजगारीका लागि विदेश गएर फर्केकाहरुका कारण आयातित औलोको संक्रमण बढीरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको तथ्यांक अनुसार गत वर्ष देश भरि कुल एक हजार एक सय २८ औलोका विरामी फेला परेकोमा त्यसको आधा भन्दा बढी ६ सय ३६ बैदेशिक  रोगगारीबाट फर्किएका छन् ।

महासाखाका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार विदेशबाट फर्किएकाहरुमा देखिएको औलो स्वदेशको भन्दा कडा रहेको छ । डा. सुञ्चुलीले भने, ‘आयातित लामखुट्टे स्थानियभन्दा कडा खालका भेटिएका छन् । यो हाम्रोलागि थप चुनौति बनेको छ । ’ परिवारका अन्य सदस्यहरुमा समेत सार्ने संभावना रहेकाले बैदेशिक रोजगारीबाट फर्किएका संक्रमितहरुलाई सक्दो चाडो उपचारको पहूचमा ल्याउनु पर्ने आवश्यकता रहेको डा. सेञ्चुरीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका १२ जिल्ला औलोको उच्च जोखिममा छन । ती मध्ये अधिकांश तराईका जिल्ला छन् । त्यसैगरि १५ जिल्ला मध्य जोखिममा छन । तापक्रम बढेसँगै पहाडि जिल्लाहरुमा पनि औलो सार्न लामखुट्टे देखिन थालेका छन् । जसका कारण पहाडि जिल्लाहरुमा पनि लामखुट्टेका विरामी फेला पर्ने गरेको पाइएको छ । पहिलेको तुलनामा औलोको संक्रमण घट्दै गइरहेको भएपनि चुनौति भने बाकी नै रहेको विज्ञहरु बताउछन् । बिगत ५ बर्षको अवधिमा औलोका विरामीको संख्या आधा जतिले घटिसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

औलो एनोफिलिज जातको संक्रमित पोथी जातको लामखुट्टेले टोकाईबाट सर्छ । संक्रमित लामखुट्टेले टोकेपछि औलाका परिजिवी मानिसका कलेजो र रक्तकोषहरुमा फैलिन्छन । समयमा उपचार नभएर विरामीको मृत्यु समेत हुन्छ । औलो उनमुलनका लागि सरकारले जोखिममा रहेका नागरिकलाई किटनासक झुल बितरण गर्दै आइरहेको छ । महासाखाले औलो रोग व्यवस्थापन र सूचना अभियान मार्फत विरामी भेटिएको खवर आएमा महासाखाका कर्मचारी त्यहाँ पुगेर विरामीको उपचार गराउने र अन्य रोकथामका उपाय एक हप्ताभित्र गरिसक्छन । विश्व स्वास्थ्य संगठनले सन् २०२५ भित्र औलो निर्मूल पार्ने लक्ष्य राखेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ८० काटेकालाई घरमै पुगेर उपचार
Next article मेटोपन घटाउन काँक्रो उपयोगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132667
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web