• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

July 21st, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

हेल्थ टुडे,
भक्तपुर, ५ साउन : नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल गठ्ठाघरले अत्याधुनिक सीटी स्क्यान सेवा सुरु गरेको छ। मंगलबार एक विशेष समारोहका बीच सेवा शुभारम्भ गरिएको हो। सेवा सुरुवातको अवसरमा अस्पतालले एक साता अवधिसम्म सबै सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट दिने घोषणा पनि गरेको छ। उद्घाटन कार्यक्रममा मुटुरोग विशेषज्ञ डा। भगवान कोइराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाललगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अस्पतालका वरिष्ठ चिकित्सक, व्यवस्थापन टिम, स्वास्थ्यकर्मीहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अस्पतालले ल्याएको यो अत्याधुनिक सीटी स्क्यान सेवा भक्तपुर क्षेत्रका बासिन्दाहरूका लागि विशेष राहत हुने विश्वास लिइएको छ। हृदयघात, मस्तिष्कघात, छाती, पेट, हड्डी र अन्य जटिल स्वास्थ्य समस्याको द्रुत र सटीक निदान गर्न सीटी स्क्यान सेवा महत्वपूर्ण हुने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भने, “हाम्रो उद्देश्य अत्याधुनिक प्रविधिमा आधारित गुणस्तरीय सेवा समुदायलाई सहज र सुलभ रूपमा उपलब्ध गराउनु हो। भविष्यमा पनि हामी स्वास्थ्य सेवाको स्तर उकास्ने काममा निरन्तर क्रियाशील रहनेछौं।” हस्पिटलका अनुसार नयाँ सेवा प्रारम्भ भएको उपलक्ष्यमा आगामी ७ दिनसम्म ९मिति २०८१ साउन ५ गतेसम्म० सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट प्रदान गरिनेछ। यसले उपचार खोज्ने धेरै बिरामीहरूलाई आर्थिक रूपमा राहत दिने अपेक्षा गरिएको छ।
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलले विगतदेखि नै गुणस्तरीय सेवा, अनुभवी चिकित्सक र आधुनिक प्रविधिको संयोजनमार्फत समुदाय केन्द्रित सेवा प्रवाह गर्दै आएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो
Next article बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web