• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

July 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

हेल्थ टुडे,
काठमाडौँ, २८ असार : नेपाली हेल्थका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरिएको छ । पत्रकारिताका माध्यमबाट रक्तदान कार्यक्रम तथा स्वास्थ्य सचेतनाका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले नेपाली हेल्थ डटकमका प्रधान सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले सम्पादक न्यौपानेलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
स्वयंसेवी रक्तदान अभियानमा क्रियाशील रक्तदान गर्ने संघसंस्थाहरुको छाता संगठन ब्लोदानले विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा विभिन्न जनचेतना एवं उत्प्रेरणामुलक कार्यक्रम समेत गर्दै आईरहेको छ ।
न्यौपानेलाई सम्मान गर्नु अघि बोल्दै एसोसिएसनका अध्यक्ष श्रेष्ठले रगतको अभावमा कुनै पनि बिरामीको अकाल मृत्यु नहोस भन्ने उदेश्यका साथ स्थापित संस्थाले रक्तदान तथा स्वास्थ्य अभियानमा क्रियाशील विभिन्न क्षेत्रसंग जोडिएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्दै आईरहेको बताए । उनले विश्व रक्तदाता दिवसको अवसरमा सम्मान गर्ने कार्यक्रम रहे पनि त्यसबेला न्यौपाने अनुपस्थित भएपछि आज आयोजित केन्द्रीय समितिको बैठककै अवसरमा सम्छिप्त कार्यक्रम गरि सम्मान गरिएको स्पष्ट पारे ।
विना शोधभर्ना बिरामीलाई रगत उलव्ध गराउन स्वयंसेवी रक्तदान अभियानमा सहभागी होऔँ भन्ने आव्हानका साथ ब्लोदान विगत तीन दशक देखि रक्तदानका क्षेत्रमा क्रियाशील रहेको भन्दै उनले आम बिरामीलाई सहज रुपमा निशुल्क रगत उपलव्ध गराउनु पर्ने बताए । कार्यक्रममा बोल्दै प्रधानसम्पादक न्यौपानेले यस्ता खालका सम्मानबाट आफूलाई स्वास्थ्यका साथै रक्तदानका क्षेत्रमा क्रियाशीलता हुन थप हौसला मिलेको बताए ।
ब्लोदानका सचिव विष्णुराज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा ब्लोलानका उपाध्यक्ष केशव महर्जनका साथै अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
Next article मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134091
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

134
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web