• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यकर्मीको अभावले बिरामी मर्कामा

April 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यकर्मीको अभावले बिरामी मर्कामा

भीमदत्तनगर, १२ बैशाखः कञ्चनपुरको भीमदत्तनगर स्थित महाकाली अञ्चल अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको छैन ।
केन्द्रले जति नै सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा गरेपनि यस्ता अञ्चल अस्पतालहरुको अवस्थामा भने कुनै सुधार भएको देखिदैन ।
पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण महाकाली अञ्चल अस्पतालबाट बिरामीले गतिलो उपचार पाउन सकेका छैनन ।
बेलाबखतमा हुने गरेका अस्पतालभित्रका लापरबाही लगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासन बीचको तीक्तताले प्रचारबाजी पाउँदा अन्यत्रबाट चिकित्सक यहाँ आउन समेत नमान्ने गरेको कार्यरत कर्मचारी बताउनु हुन्छ ।
महाकाली अञ्चल अस्पतालका प्रवक्ता केशव अवस्थीले अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी रहे पनि हाल दश जना मात्रै कार्यरत रहेको बताउनुभयो । उहाँले चिकित्सक कञ्चनपुर सुगम जिल्ला भएका कारण आउन नचाहने गरेको बताउनुभयो । दुर्गम जिल्ला भएको भए चिकित्सक बस्थे होला भन्नुहुदै प्रवक्ता अवस्थीले सबै पूर्वाधार र व्यवस्थापन भए पनि चिकित्सक ल्याउन नसकिएको बताउनुभयो ।
दैनिक १ सयदेखि १५० जना बिरामी सेवाका लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा स्त्रीरोग, हाडजोर्नी र जर्नल फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।
केही समय अघि अस्पतालमा जडान गरिएको आइसियु सेवा समेत दक्ष जनशक्तिकै कारण थला परेको छ । अस्पतालले सामाजिक सेवा इकाइबाट अति विपन्न र गरीब परिवारका सेवा लिन पाउने बिरामीलाई दिने औषधि समेत तीन महिनादेखि पूर्ति हुन नसकेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको अवस्था बुझ्न आउने धेरै स्वास्थ्य मन्त्री र सम्बन्धित निकायका उच्च तहका पदाधिकारीले अस्पतालको स्तरोन्नति गरिने आश्वासन दिने गरेको भए पनि अस्पतालले सामान्य बाहेकका सेवा अझै उपलब्ध गराउन सकिरहेको छैन ।
सामान्य बाहेक अन्य बिरामी सीमावर्ती भारतीय बजारका अस्पतालसँगै धनगढी, कोहलपुर, नेपालगन्जका साथै काठमाडौँसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता हट्न नसकेको प्रवक्ता अवस्थी बताउनुहुन्छ ।
अस्पतालबाट वितरण हुने औषधि समेत अभाव रहेको बताउँदै प्रवक्ता अवस्थीले औषधिका लागि माग फारम भरेर धनगढी पठाइएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन देखि प्रतिनिधि सभाको निर्वाचनसम्म उम्मेदवार रहेका राजनीतिक दलका नेताहरुले अस्पतालको सुधार निर्वाचन प्रचारको एजेण्डा बनाए पनि निर्वाचनपछि नेताहरुको ध्यान त्यहाँ जान सकेको छैन ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा फेरी भेटियो डेंगु
Next article गर्भावस्था र प्रेसर ‘लो’ को समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134198
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

145
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

149
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web