• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यकर्मीको अभावले बिरामी मर्कामा

April 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यकर्मीको अभावले बिरामी मर्कामा

भीमदत्तनगर, १२ बैशाखः कञ्चनपुरको भीमदत्तनगर स्थित महाकाली अञ्चल अस्पतालमा आउने बिरामीको उपचारभन्दा पनि रिफर गर्ने अस्पतालको उपाधि पाउन थालेको अञ्चल अस्पतालले दरबन्दी अनुसारको चिकित्सक पाएको छैन ।
केन्द्रले जति नै सिंहदरबारको अधिकार गाउँमा आएको चर्चा गरेपनि यस्ता अञ्चल अस्पतालहरुको अवस्थामा भने कुनै सुधार भएको देखिदैन ।
पर्याप्त भौतिक संरचना भएको अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभावकै कारण महाकाली अञ्चल अस्पतालबाट बिरामीले गतिलो उपचार पाउन सकेका छैनन ।
बेलाबखतमा हुने गरेका अस्पतालभित्रका लापरबाही लगायतका घटनाले बिरामी पक्ष र अस्पताल प्रशासन बीचको तीक्तताले प्रचारबाजी पाउँदा अन्यत्रबाट चिकित्सक यहाँ आउन समेत नमान्ने गरेको कार्यरत कर्मचारी बताउनु हुन्छ ।
महाकाली अञ्चल अस्पतालका प्रवक्ता केशव अवस्थीले अस्पतालमा २८ जना चिकित्सकको दरबन्दी रहे पनि हाल दश जना मात्रै कार्यरत रहेको बताउनुभयो । उहाँले चिकित्सक कञ्चनपुर सुगम जिल्ला भएका कारण आउन नचाहने गरेको बताउनुभयो । दुर्गम जिल्ला भएको भए चिकित्सक बस्थे होला भन्नुहुदै प्रवक्ता अवस्थीले सबै पूर्वाधार र व्यवस्थापन भए पनि चिकित्सक ल्याउन नसकिएको बताउनुभयो ।
दैनिक १ सयदेखि १५० जना बिरामी सेवाका लागि अस्पताल आउने गरेका छन् । अस्पतालमा स्त्रीरोग, हाडजोर्नी र जर्नल फिजिसियन गरी तीन जना विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।
केही समय अघि अस्पतालमा जडान गरिएको आइसियु सेवा समेत दक्ष जनशक्तिकै कारण थला परेको छ । अस्पतालले सामाजिक सेवा इकाइबाट अति विपन्न र गरीब परिवारका सेवा लिन पाउने बिरामीलाई दिने औषधि समेत तीन महिनादेखि पूर्ति हुन नसकेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालको अवस्था बुझ्न आउने धेरै स्वास्थ्य मन्त्री र सम्बन्धित निकायका उच्च तहका पदाधिकारीले अस्पतालको स्तरोन्नति गरिने आश्वासन दिने गरेको भए पनि अस्पतालले सामान्य बाहेकका सेवा अझै उपलब्ध गराउन सकिरहेको छैन ।
सामान्य बाहेक अन्य बिरामी सीमावर्ती भारतीय बजारका अस्पतालसँगै धनगढी, कोहलपुर, नेपालगन्जका साथै काठमाडौँसम्म उपचारका लागि धाउनुपर्ने बाध्यता हट्न नसकेको प्रवक्ता अवस्थी बताउनुहुन्छ ।
अस्पतालबाट वितरण हुने औषधि समेत अभाव रहेको बताउँदै प्रवक्ता अवस्थीले औषधिका लागि माग फारम भरेर धनगढी पठाइएको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन देखि प्रतिनिधि सभाको निर्वाचनसम्म उम्मेदवार रहेका राजनीतिक दलका नेताहरुले अस्पतालको सुधार निर्वाचन प्रचारको एजेण्डा बनाए पनि निर्वाचनपछि नेताहरुको ध्यान त्यहाँ जान सकेको छैन ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भावस्था र प्रेसर ‘लो’ को समस्या
Next article चितवनमा फेरी भेटियो डेंगु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web