• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओलीले डाक्टरहरुलाई भने, तपाईहरु नभएको भए मेरो १० औं पुण्यतिथि भइसक्थ्यो

April 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओलीले डाक्टरहरुलाई भने, तपाईहरु नभएको भए मेरो १० औं पुण्यतिथि भइसक्थ्यो

हेल्थ टुडे,

काठमाडौं  : प्रधानमन्त्री केपी ओलीले आफू सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुका पछाडि डाक्टरहरुको ठूलो मेहनत रहेको बताएकाछन् । नेपाल प्रत्यारोपण समाजको प्रथम तथा सार्क नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेसन सोसाइटीको ११औं सम्मेलनको राजधानीमा उद्घाटन गर्दै ओलीले मेडिकल साइन्स र डाक्टरहरुकै कारण आफू सक्रिय जिवन बिताइरहेको बताएका हुन ।

११ वर्ष पहिले आफ्नो मिर्गौला प्रत्यारोपण गरिएको स्मरण गराउदै ओलीले भने, ‘तपाईहरु नभएको भए अहिले मेरो ११ औं पुण्यतिथी भइसक्थ्यो । ’ ओलीको सन् २००८ मा भारतको नयाँ दिल्ली स्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेपालमा त्यति बेला मिर्गौला प्रत्यारोपण सेवा नभएकाले प्रत्यारोपणकालागि भारत जानु परेको ओलीले बताए । आफुलाई डाक्टरहरुले जिवनदान दिएकाले उहाँहरुका कुरा सधै सुन्ने र सकेसम्म पालना गर्ने गरेको उनले बताए ।

पछिल्लो एक दशकमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले उल्लेखनिय प्रगति गरेकोमा खुशी व्यक्त गर्दै एक हजार जनाको स्वदेशमै मिर्गौला प्रत्यारोपण हुनु चानचुने कुरा होइन  । ‘ मिर्गौला प्रत्यारोपी देशको प्रधानमन्त्री हुनु यो क्षेत्रका लागि सकारात्मक सन्देश हो । ’ आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला मिर्गौला फेल भएका बिरामीहरुका लागि डाइलासिस सेवा निशुल्क गरेको स्मरण गर्दै अव पनि मिर्गौलाका विरामीको हित हुने काम गर्ने प्रतिवद्घता जनाए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालमा ३० हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने अवस्था भए पनि एक हजारको मात्र प्रत्यारोपण गरिएको बताउदै यसलाई व्यापक बनाउदै लैजानु पर्नेमा जोड दिइन । उनले भनिन, ‘ प्रत्यारोपण र डाइलासिस निशुल्क भएपनि प्रत्यारोपण पछि खानु पर्ने महंगो औषधिका कारण समस्या भएको छ । यस बिषयमा सरकारले छलफल गरिरहेको छ । चाडै ठोस निर्णय गर्छौ । ’

नेपाल प्रत्यारोपण समाजका अध्यक्ष डा. भोलाराज जोशीले प्रत्यारोपणका क्षेत्रमा अहिले भइरहेका उपलब्धिमा मात्र सन्तोष मान्नु पर्ने अवस्था नभएको बताए । सम्मेलनमा सार्क राष्ट्र र नेपालका गरि करिव एकसय ५० नेफ्रोलोजिस्टहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४९ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण
Next article सुरक्षित गर्भपतन : ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web