• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
मानसिक स्वास्थ्य

पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

May 1st, 2018 मानसिक स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी

हेल्थ टुडे,
काठमाडौँ, १८ वैशाखः मानसिक रोग परामर्शबाट नै निको पार्न सकिने मनोचिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्रले मानसिक रोगको अवस्था, रोकथाम र उपचारका विषयमा पत्रकारसँग गरेको अन्तक्र्रिया कार्यक्रममा केन्द्रका अध्यक्ष तथा वरिष्ठ मनोचिकित्सक डा कपिलदेव उपाध्यायले मानसिक रोगीलाई परामर्शबाटै निको पार्न सकिने बताउनुभएको हो ।
मानसिक रोगीले औषधि खाएरमात्र हुँदैन भन्नुहुदै डा. उपाध्यायले मानसिक रोगीलाई उपचारका साथै परामर्श आवश्यकता पर्ने बताउनुभयो । उहाँले परामर्शबाट नै रोग निको हुने गरेको बताउनुभयो ।
केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा ६३ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको पाइएको छ ।
अध्यक्ष डा उपाध्यायका अनुसार पुरुषभन्दा महिलाले बढी पारिवारिक समस्या र सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने भएकाले उनीहरूमा नैरास्यता बढी हुने हुदा महिलामा बढी समस्या देखिन्छ ।


टाउको दुख्ने, छाती दुख्ने बिरामीलाई दिमाग बिग्रेको जस्ता शब्द प्रयोग गर्नाले पनि ती व्यक्तिमा मानसिक रोग देखा पर्ने गरेको चर्चा गर्दै उहाँले एक प्रतिशत मात्र मानसिक सन्तुलन गुमेका बिरामी पाइने जानकारी दिनुभयो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख डा सरोज प्रसाद ओझाले मानसिक रोगीको संख्या दिन दिनै बढ्दै गएको छ तर ६० प्रतिशत महिलालाई आफ्नै श्रीमानले परामर्श गरेर निको पार्न सक्ने बताउनुहुन्छ ।
उहाँका अनुसार अहिले शिक्षण अस्पतालमा दैनिक सयजना मानसिक रोगी आउने गरेकामा ६० प्रतिशत महिला हुने गरेका छन् भन्दै उहाँले ८० प्रतिशत मानसिक रोगी स्वास्थ्य उपचारबाट वञ्चित हुनुपरेको छ ।
केन्द्रका प्राविधिक निर्देशक एवं वरिष्ठ मनोविद् डा पशुपति महतले मानसिक रोगलाई समुदायबाट नै रोकथाम गर्न सकिनेमा जोड दिदै उहाँले केन्द्रले विभिन्न ठाउँमा मनोपरामर्श सेवा सञ्चालन गरेर मानसिक रोगलाई निको पारिरहेको समेत जानकारी गराउनुभयो । अहिलेसम्म उक्तकेन्द्रबाट २ हजार ७६० जनाले मनोपरामर्श पाएका छन् । केन्द्रका अनुसार नेपालका करीब ५० देखि ६० लाख मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बेलायतमा उपचार गरि ६ महिनापछि फर्के डा. देवकोटा
Next article डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलामा पाठेघरको समस्या

Health Today Nepal

Related Posts

सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य

सामाजिक न्यायको प्रतीक्षामा मानसिक स्वास्थ्य

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132117
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

9
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web