हेल्थ टुडे,
चितवन : ७८ हजार क्षयरोगीको विवरण तयार पार्ने लक्ष्यका साथ नेपालमा पहिलो पटक चितवनबाट राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षण सुरु भएको छ । चितवनको शरदपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका ९ का ७८ वर्षीय रुद्रनाथ कोइरालालाई बारकोड लगाएर चितवन महानगरपालिकाकी मेयर रेणु दाहालले सर्बेक्षणको शुभारम्भ गरेकी हुन ।
नियमित औषधि सेवन र स्वास्थ्य आचरणले क्षयरोग निको हुने धारण राख्दै दाहालले बिरामीको मनोबल उच्च राख्न र संवेदनशील रोगहरुबारे जनचेतना फैलाउन आवश्यक रहेको बताइन ्। उच्च प्रविधि प्रयोग गरिएको यस सर्वेक्षण र प्रिभिलेन्समा सबैको सहभागिता आवश्यक रहेको उनको भनाई थियो । राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्वेक्षणका कोअर्डिनेटर अनिल थापाले सर्लाही, चितवन र दाङमा सर्बेक्षण सञ्चालन भइरहेको जानकारी गराए । उनले थप ५२ जिल्लामा सर्वेक्षण गरिने र त्यसबाट ७८ हजार जना क्षयरोगीको सर्वेक्षण गरी यथार्थ विवरण सार्वजनिक गरिने जानकारी दिए । पेपरलेस डिजिटल प्रविधिबाट गरिने सर्वेक्षण सफलतापूर्वक सम्पन्न हुने र यसबाट नेपालमा क्षयरोगीको यथार्त तथ्यांक आउने थापाले बताए । नेपालका ५५ जिल्लाका ९९ क्लस्टरमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत डिजिटल प्रविधिबाट बिरामीको छाती, फोक्सो र अन्य अंगको परीक्षण गरिनेछ ।
Leave a Reply