हेल्थ टुडे,
काठमाडौं : यही बैसाख २८ गते मुक्तीनाथ दर्शनका लागि आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भ्रमणदलका सदस्यहरुको आवश्यक स्वास्थ्य परिक्षण सहितको उपचार वीर अस्पतालका चिकित्सक टोलीले गर्ने छ । मोदीको मुक्तीनाथ दर्शनका बेला संभावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले मुक्तीनाथमा तीन दिनसम्म स्वास्थ्य सिविर सञ्चालन गर्ने तयारी गरेको छ । विशेषज्ञ चिकित्सक सहितको टोली तयार पार्न मन्त्रालयले बीर अस्पतालका निर्देशकलाई निर्देशन दिइसकेको छ ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतका अनुसार मोदीको भ्रमणका बेला संभावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर डा. रविराम श्रेष्ठको नेतृत्वमा एक टोली २५ गते मुक्रीनाथ पुग्ने छ । उक्त टोलीले भारतीय प्रधानमन्त्री मोदी र उनको भ्रमण दलका सदस्यहरुको स्वास्थ्य अवस्था परिक्षण र स्वास्थ्यमा कुनै अप्रत्यासित समस्या देखिए उपचार गर्ने छ । मुक्तीनाथ मन्दिर उचाईमा भएकाले अप्रत्यासित आउन सक्ने कुनै पनि प्रकारको स्वास्थ्य समस्या समाधान गर्न टोली पठाउन लागिएको हो । डा. श्रेष्ठ क्रिटिकल केयर युनिटमा कार्यरत विशेषज्ञ हुन । भारतीय प्रधानमन्त्री मोदी यही बैसाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउने र सोही क्रममा उनी जनकपुरपछि मुक्तीनाथको दर्शन गर्ने कार्यक्रम दुबै देशका परराष्ट्र मन्त्रालयले तय गरेको छ ।
Leave a Reply