• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी हुदैछ क्यान्सर विरामीको तथ्यांक संकलन

May 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी हुदैछ क्यान्सर विरामीको तथ्यांक संकलन

हेल्थ टुडे,

बर्दिया :  सरकारसँग अहिलेसम्म क्यान्सर विरामीको तथ्यांक छैन । क्यान्सरमा काम गर्ने संस्था, क्यान्सर अस्पताल र सरकार सबैका आफ्नै अनुमानित तथ्यांक छन् । तर केही महिनाभित्रै  क्यान्सरका विरामीको वास्तविक तथ्यांक थाहा पाउन सकिने छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले देश भरि र देश बाहिर समेत क्यान्सरका विरामीको संख्या संकलन गरिरहेको छ । परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार परिषद्ले अस्पतालमा आधारित र जनसंख्यामा आधारित क्यान्सर दर्ता गरि दुई किसिमबाट तथ्यांक संकलन भइरहेको छ ।

अस्पतालमा आधारित क्यान्सर विरामीको दर्ता अन्तरगत देशका ठूला  अस्तताल, क्यान्सर अस्पतालहरु, मेडिकल कलेजहरु र नेपाली विरामीले उपचार गराइरेहका विदेशी अस्पतालहरुबाट क्यान्सरका विरामीको संख्या संकलन गरिरहेको छ भने जनसंख्यामा आधारित क्यान्सर विरामी दर्ता अन्तरगत देश भरिका महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहयोगमा सरकारी स्वास्थ्य संस्थाबाट तथ्यांक संकलन काम धमाधम भइरहेको छ । डा. झाले भने, ‘अहिलेसम्म बर्दियाको बारबर्दिया, कास्कीको पोखरा उपमहानगर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिमामा तथ्यांक संकलनको काम भइरहेको छ । बिस्तारै देशका सबै स्थानिय निकायमा रहेका सरकारी स्वास्थ्य संस्थामार्फत महिला स्वास्थ्य स्वयं सेविकाको सहयोगमा क्यान्सर विरामीको तथ्यांक संकलन गरिने छ । ’

परिषद्ले उपलब्ध गराएको फारम भरेर महिला स्वास्थ्य स्वयं सेविकाले आआफ्नो स्वास्थ्य केन्द्रमा बुझाउन थालेका छन् । यस बिषयमा उनीहरुलाई परिषद्ले तालिम दिइसकेको छ । यसै गरि सरकारले क्यान्सरका विरामीलाई उपचारमा सहयोग स्वरुप उपलब्ध गराउने एक लाख बराबरको उपचार खर्च निकासा दिने व्यवस्थापन महासाखा र स्थानिय गाउपालिका र नगरपालिका कार्यालयमा दर्ता भएका मृत्यु दर्ताबाट पनि तथ्यांक संकलन गरिदै छ । २०७४ को पुष १५ गतेबाट सुरु गरिएको तथ्यांक संकलनले प्रारम्भिक रिपोर्ट ३ महिनाभित्र आउन सक्ने डा. झाले बताए । सुरुमा प्रारम्भिक रिपोर्ट आउने र बिस्तारै केही बर्षमै देशभरिको वास्तविक तथ्यांक आउने आशा झाले व्यक्त गरे । क्यान्सर विरामीको यकिन तथ्यांक पत्ता लगाउन सकिए सरकारलाई यसका बिषयमा नीति बनाउन र अस्पताल खोल्नमात्र नभएर विरामीलाई सहुलियत दिन पनि सहज हुने अवधारणाका साथ यो कार्य अगाडि बढीरहेको डा. झाले बताए । बर्दियाको धधवार स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यस विषयमा अभिमुखिकरण तालिम लिएर तथ्यांक संकलनमा पठाइएको बताए । परिषद्की सहायक अनुसन्धान अधिकृत उमा काफ्लेले यो अभियानमा सरकारी स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविका र निजी क्षेत्रका स्वास्थ्य संस्था र मेडिकल कलेजहरुको सकारात्मक सहयोग रहेको बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रजनन उमेर सकिएपछि किन हुन्छ महिलामा अस्टिओपोरोसिस ?
Next article   जेष्ठ महिनालाई स्टार हस्पिटल भ्रमण महिनाका रुपमा मनाईने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134436
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web