• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोग सम्बन्धी अभिमुखीकरण अभियान सुरु

May 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोग सम्बन्धी अभिमुखीकरण अभियान सुरु

भक्तपुर, ९ जेठः नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले ‘क्षयरोग खोजी गरी उपचारमा ल्याउने’ कार्यक्रम अन्तर्गत शारदा माध्यमिक विद्यालयमा क्षयरोगीको खोजी अभियान शुरु गरेको छ । संस्थाले विद्यार्थीबीच क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै क्षयरोगीको खोजी शुरु गरेको हो ।
विद्यार्थीहरु मार्फत घरघरमा लुकेर बसेका क्षयरोगीको खोजी गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचारको दायरामा ल्याएर निको बनाउने उद्देश्यले विद्यालयमा अभिमुखीकरण अभियान थालेको संस्थाका सभापति राम सिख्वले बताउनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष भक्तपुरमा क्षयरोगी बिरामीको संख्या घटेको जानकारी दिँदै सभापति सिख्वले अझैपनि लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन बाँकी रहेकाले त्यस्ता क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने उद्देश्यले नै राष्ट्रिय क्षयरोग केन्द्र थिमिको सहयोगमा कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्षयरोगका लक्षण, यसले पार्ने असर र क्षयरोगको उपचार विधिबारे विद्यार्थीलाई प्रशिक्षक एवं संस्थाका निर्वतमान सभापति बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गर्नुभएको थियो ।
शारदा माविका ४० विद्यार्थी सहभागी उक्त कार्यक्रममा क्षयरोग पत्ता लगाउने प्रश्नावली वितरण गरी तथ्यांक संकलन गर्ने कार्यसमेत भएको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले जानकारी दिनुभयो ।
अभियानको रुपमा संचालन गर्दै आइरहेको उक्त कार्यक्रम हालसम्म चार वटा विद्यालयमा संचालन गरिसकेको र तीन वटामा निःशुल्क खकार शिविर गरिसकेको संस्थाका सचिव राजेश्वरी शिल्पकारले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी
Next article औषधि पसलमा आगलागी लाखौंको क्षति

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131648
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web