• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नौ सयको स्वास्थ्य परीक्षणसंगै निःशुल्क औषधि वितरण

May 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नौ सयको स्वास्थ्य परीक्षणसंगै निःशुल्क औषधि वितरण

भक्तपुर, १३ जेठः जिल्लाको सूर्य्विनायक नगरपालिका–१ सिरुटार र दधिकोटमा शनिबार छुट्टाछुट्टै भएको स्वास्थ्य शिविरमा नौ सय जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
दधिकोटमा गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना तथा हेल्दी हार्ट क्लिनिक एण्ड मल्टिस्पेशालिटी, गठ्ठाघरको प्राविधिक सहयोगमा भएको शिविरमा ५१३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुटु, प्रसूति र आँखा रोगको उपचारमा भएको शिविरमा ७ वर्षीया बालिका साकिरा सुनुवारको मुटुमा प्वाल परेको पाइएको छ ।
शहीद गंगालाल हृदयरोग केन्द्रका विशेषज्ञ एवं हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउतको नेतृत्वमा भएको शिविरमा मुटुरोगको परीक्षण गराएका मध्ये धेरैको उच्च रक्तचाप, मुटुको भल्भ साँघुरो भएको, मुटु सुन्निएका बिरामी पाइएको छ । मुटुको इसिजी, इको समेत निःशुल्क गरिएको शिविरमा चिनीरोग, आँखा, जनरल फिजिसियन, प्रसूति रोगको परीक्षण गर्नाका साथै निःशुल्क औषधि पनि वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिनुभयो ।
प्रसूति रोग विशेषज्ञ डा जमुना किरण पौडेलका अनुसार प्रसूति समस्या लिएर शिविरमा आएका मध्ये आङ खस्ने समस्या, फिस्टुला र अधिकांश महिलाको पाठेघरमा संक्रमण पाइएको छ ।
शिविरमा मुटुमा प्वाल परेको बालिका सुनुवारको गंगालाल हृदयरोग केन्द्रले निःशुल्क उपचार एवं शल्यक्रिया गर्ने केन्द्रका प्रशासकीय प्रमुख राम आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी, शनिबार नै सूनपा–१ सिरुटारमा उपयोगी महिला आयआर्जन समूहले आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३५५ जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । शिविरमा ३६ जनामा मोतियाबिन्दु भएको र उनीहरुको तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने भएको समूहकी कोषाध्यक्ष एवं कार्यक्रम संयोजक मुना राउतले जानकारी दिनुभयो ।
तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । सोही कार्यक्रममा ग्रिन तारा नेपालले सञ्चालन गरेको निःशुल्क परिवार नियोजन सम्बन्धी परामर्श सेवामा समेत ३०० महिलाले परिवार नियोजनका बारेमा जानकारी पाएका थिए ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बिरामी बोकेको एम्बुलेन्स दुर्घटना,चार घाइते
Next article पानीको मुहान दूषित हुँदा महामारी फैलिएको

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134046
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

130
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web