• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सामान्य औषधि समेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा

May 27th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सामान्य औषधि समेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा

हेल्थ टुडे,

नुवाकोट, १३ जेठः ककनी गाउँपालिका–८ स्थित थानसिङ स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । जिल्ला जनस्वास्थ्य र गाउँपालिकाका कार्यालयले आवश्यक औषधि नपठाउँदा औषधि अभाव भएको स्वास्थ्य चौकीका इञ्चार्ज सुरेश गैरेले बताउनुभयो । इञ्चार्ज गैरैका अनुसार स्वास्थ्य चौकीमा नियमित हुनु पर्ने ११ थरीका औषधि छैनन ।
स्वास्थ्य चौकीमा आँखामा राख्ने औषधि सिप्रो, पेट दुखेको बेला खाने ट्याबलेट वुसकोवान, उल्टी रोक्ने मेटोक्लोरोप्रामाइड, एभिल सुई, डाइजिन ट्याबलेट, भिटामिन बी कम्प्लेक्स, कालामाइन लोसन लगायत औषधि नभएको इञ्चार्ज गैरैले जानकारी दिनुभयो ।
सामान्य औषधि समेत स्वास्थ्य संस्थामा नहुँदा सेवाग्राहीमा मारमा परेका छन् । स्वास्थ्य संस्थामा सेवा उपलब्ध नहुँदा यहाँका तीन घण्टाको दूरीमा अवस्थित ककनी प्राथमिक स्वास्थ्य चौकी वा थानसिङको छहरेमा रहेको निजी स्वास्थ्य क्लिनिकमा मानिस धाउन बाध्य भइरहेको स्थानीय बासीले बताएका छन् ।
ककनी गाउँपालिका – ८ का वडाअध्यक्ष तथा स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष शेषमान लामाले स्वास्थ्य चौकीलाई सधँै आवश्यक पर्ने र जिल्लाबाट नआउने औषधिको सूची बनाएर किन्नका लागि वडा कार्यालयले पनि पहल गर्ने बताउनुभयो । उहाँले सरकारले तोकेका स्वास्थ्य चौकीमा निशुल्क वितरणको औषधि ३८ थरीको सूचीभन्दा बाहेक स्थानीय बासीको माग धेरै भएका औषधि खरिद गरी निशुल्क वितरण गर्ने तयारी भएको जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्नु हुदैन–स्वास्थ्य राज्यमन्त्री अर्याल
Next article बिरामी बोकेको एम्बुलेन्स दुर्घटना,चार घाइते

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web