• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

नियमित कफी पिउनुका फाइदा

June 7th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नियमित कफी पिउनुका फाइदा

हेल्थ टुडे,
काठमाडौं, २४ जेठः संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् । यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।
त्यसैगरि साथीहरु भेट भएर कफी सपमा घन्टौं कफी पिउँदै गफगाफ गर्ने चलन आजकाल ठूला शहरमा मात्रै होइन साना शहरमा पनि सुरु भएको छ । कफीको यस्ता सामाजिक मेलमिलापका फाइदाको बारेमा हामी सबै जानकार छौं । तर कफी स्वास्थ्यको लागि कति महत्वपूर्ण छ ? यसको सेवनले हाम्रो स्वास्थ्यमा कस्तो फाइदा गर्छ यस बारेमा धेरैलाई थाहा नहुन सक्छ ।
दिनमा तीन देखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिन्छ । अध्ययन अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।
त्यस्तै कफीको साथमा तपाईले कुनै पनि हेभी स्न्याक्स खाएमा भने त्यसले तपाईले कफीबाट पाउने फाइदालाई कम गर्छ ।
 हालसालै गरिएको एक अध्ययन अनुसार कफीका हरेक कप कफीले तपाईलाई डायबिटिज हुने खतरालाई ७ प्रतिशत सम्म कम गरिदिन्छ । नियमित रुपमा कफी पिउनाले टाइप २ डायबिटिजको खतरा धेरै कम हुन्छ ।
 कफीमा पाइने क्याफिन पार्किन्सन्सको रोगका बिरामीलाई उपयोगी हुन सक्छ ।
 कफी पिउनाले कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुन्छ । अरु खालको क्यान्सरमा भने कफीले कति राम्रो गर्छ भन्ने चैं अहिलेनै पक्का रुपमा भन्न सकिँदैन् ।
 यस्तै एक अध्ययनले कफी पिउने मानिसहरु कफी नपिउने मानिसहरुको तुलनामा धेरै लामो आयो बाँच्न सक्ने कुरा पत्ता लगाएको छ ।
यस आधारमा भन्न सकिन्छ, कफीले तपाईलाई काम गर्नको लागि ताजगी मात्रै दिँदैन यसले तपाईलाई स्वास्थ्यसम्बन्धी अरु पनि फाइदा गर्छ । तर, कफी स्वास्थ्यको लागि हरेक स्थितिमा राम्रो हुन्छ भन्ने जरुरी छैन । नियमित रुपमा कफिको सेवन नगर्ने मानिसले कफी पिएमा उसलाई हर्टअट्याक हुने खतरा पनि हुन सक्ने एक अध्ययनले देखाएको छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहाडी भन्दा तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी
Next article एड्भान्स हस्पिटलमा हाडजोर्नीको सफल शल्यक्रिया

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web