हेल्थ टुडे,
काठमाडौं : न्यूरो अस्पताल वासवारीमा उपचाररत वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । उनलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । शुक्रबार रातीदेखि देवकोटाको मृत्यु भइसकेको खवर समाजिक सञ्जाल फेस वुकमा आएपछि अस्पतालले शनिबार बिहानै विज्ञप्ति निकाल्दै देवकोटाको उपचार जारी रहेको र हल्ला निराधार रहेको जनाएको छ । प्यांक्रियाजको क्यान्सरका कारण डा. देवकोटा बिगत ६ महिनादेखि विरामी छन् । उनको ५ महिना बेलायतमा उपचार भएको थियो । उनले बाकी उपचार आफैले निर्माण गरेको न्यूरो अस्पतालमा गर्ने इच्छा राखेपछि गत महिना उनलाई स्वदेश ल्याइएको थियो । अस्पताल श्रोतका अनुसार देवकोटाको अवस्था गम्भिर छ । पछिल्ला केही दिनयता कुनै सुधार आएको छैन् ।
Leave a Reply