हेल्थ टुडे,
काठमाडौं ३०, जेठः मधेशी चिकित्सकहरुले एकताको सन्देश दिने उदेश्यले देशभर कार्यरत मधेशी चिकित्सकहरुको छाता संगठनका रुपमा मधेशी चिकित्सक संघ गठन गरेका छन । संघले डा.एकानन्द सिङ्को संयोजत्व र डा सबिनय पन्जियार प्रवक्ताको रूपमा चयन गरेको छ ।
“संघीयता को परिवेशमा स्वास्थ्यको दृस्टिकोणले मधेशको अवस्था“ भन्ने शीर्षकमा छलफल कार्यक्रममा लगभग ५०० को सभाबाट सो कार्यसमिती पारित चयन भएको हो ।
सो कार्यक्ररमका प्रमुख अतिथी उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव हुनुहुन्थ्यो भने विशेष अतिथिका रूपमा NRN का संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो हुनुहुन्थ्यो । सो कार्यक्रमको अध्यक्षता वरिष्ठ आँखा रोग बिशेषनज्ञ प्रा डा सडि अन साहले गरेको छ ।
लगभग २ महिनादेखी कसरतमा रहेको यो संस्था पुरानै २०६३ सालतिर स्थापना गरिएको भए पनि नया कार्यसमिती गठन गरेर बिधिबत रूपमा सकृय बनाउन लागिएको मधेशी चिकित्सक संघका प्रवक्ता डा विनय पन्जियारले जानकारी गराउनुभयो ।
राज्यको बिभेदकारी नितिले गर्दा मधेशी चिकित्सकहरु पीडितरहेका यो संघको ठम्याइ छ । यो संघ चिकित्सकहरुको भलाइको लागि काम गर्ने बताइएको छ । देशभरको जुनसुकै ठाउमा पनि मधेशी चिकित्सक माथी जुनसुकै खालको घटना घटेमा यो संघ सो समस्या समाधानको निम्ति सक्रिय रहने छ ।
सो कार्यकरमबाटै मधेशी चिकित्सक संघले ५१ सदस्य समिती बनाउने र ६ महिना भित्र महाधिबेशन गरि स्थायी नेतृत्व चयन गर्ने समेत जानकारी गराइएको छ ।
Leave a Reply