• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

June 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

हेल्थ टुडे,

काठमाडौं, ४ असार  : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डा. देवकोटा बिगत आठ महिनादेखि पित्त नलीको क्यान्सरबाट पिडित थिए । पछिल्लो समय उनको दुबै मिर्गौला समेत फेल भएका थिए । न्यूरो अस्पतालले विज्ञप्ति जारी गर्दै डा. देवकोटाको सोमबार ५ बजेर ३५ मिनेटमा निधन भएको औपचारिक जानकारी गराएको छ ।

छ महिना बेलायतको किंग्स कलेज हस्पिटलमा उपचार गराउदा समेत निको नहुने अवस्था देखिएपछि बाकी उपचार आफ्नै देशमा गर्ने डा. देवकोटाको चाहना अनुसार गत महिना उनलाई स्वदेश ल्याइएको थियो । आफैले स्थापना गरेको बासवारीस्थित न्यूरो अस्पतालमा सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । आफू जन्मेको ठाउँको धाराको पानी पिउने र घरको पिढीमा सुस्ताउने उनको अन्तिम चाहना अनुसार डा. देवकोटालाई परिवारले हेलिकोप्टरमा राखेर उनलाई गोरखा पुर्याएर फर्काएका थिए । करिव ३७ वर्ष चिकित्सा पेसामा संलग्न डा. देवकोटाले विशेषज्ञ चिकित्सक उत्पादन गर्न वीर अस्पतालमा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ( न्याम्स ) स्थापना गर्नुका साथै वीर अस्पतालमा सर्जरी विभाग स्थापनामा ठूलो भूमिका खेलेका थिए ।

न्यूरो सर्जरीमा एशियामै अब्बल मानिने देवकोटाले आफ्नो चिकित्सकिय जिवनमा ३४ हजार भन्दा बढी न्यूरो सर्जरी गरेका थिए । उनले साडे सात लाख भन्दा बढीको उपचार गरेका थिए ।  हक्की स्वभावका डा. देवकोटा एसएलसी बोर्डमा दोश्रो भएर युवा अवस्थाबाटै चर्चामा आएका थिए । डा. देवकोटाका तिन वटा छोरी र श्रीमती छन् । डा. देवकोटाको निधनमा चिकित्सक, स्वास्थ्यकर्मीमात्र नभएर अधिकांश सर्वसाधारणले समेत शोक व्यक्त गरेका छन् । समाजिक सञ्जालभरि देवकोटाको निधनमा दुख व्यक्त गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेडक्रसले दियो अल्ट्रासाउण्ड उपकरण
Next article डा देवकोटाको राजकिय सम्मान सहित दाहसंस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131561
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

14
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web