• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

June 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

हेल्थ टुडे,

काठमाडौं, ४ असार  : वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको निधन भएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डा. देवकोटा बिगत आठ महिनादेखि पित्त नलीको क्यान्सरबाट पिडित थिए । पछिल्लो समय उनको दुबै मिर्गौला समेत फेल भएका थिए । न्यूरो अस्पतालले विज्ञप्ति जारी गर्दै डा. देवकोटाको सोमबार ५ बजेर ३५ मिनेटमा निधन भएको औपचारिक जानकारी गराएको छ ।

छ महिना बेलायतको किंग्स कलेज हस्पिटलमा उपचार गराउदा समेत निको नहुने अवस्था देखिएपछि बाकी उपचार आफ्नै देशमा गर्ने डा. देवकोटाको चाहना अनुसार गत महिना उनलाई स्वदेश ल्याइएको थियो । आफैले स्थापना गरेको बासवारीस्थित न्यूरो अस्पतालमा सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो । आफू जन्मेको ठाउँको धाराको पानी पिउने र घरको पिढीमा सुस्ताउने उनको अन्तिम चाहना अनुसार डा. देवकोटालाई परिवारले हेलिकोप्टरमा राखेर उनलाई गोरखा पुर्याएर फर्काएका थिए । करिव ३७ वर्ष चिकित्सा पेसामा संलग्न डा. देवकोटाले विशेषज्ञ चिकित्सक उत्पादन गर्न वीर अस्पतालमा चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान ( न्याम्स ) स्थापना गर्नुका साथै वीर अस्पतालमा सर्जरी विभाग स्थापनामा ठूलो भूमिका खेलेका थिए ।

न्यूरो सर्जरीमा एशियामै अब्बल मानिने देवकोटाले आफ्नो चिकित्सकिय जिवनमा ३४ हजार भन्दा बढी न्यूरो सर्जरी गरेका थिए । उनले साडे सात लाख भन्दा बढीको उपचार गरेका थिए ।  हक्की स्वभावका डा. देवकोटा एसएलसी बोर्डमा दोश्रो भएर युवा अवस्थाबाटै चर्चामा आएका थिए । डा. देवकोटाका तिन वटा छोरी र श्रीमती छन् । डा. देवकोटाको निधनमा चिकित्सक, स्वास्थ्यकर्मीमात्र नभएर अधिकांश सर्वसाधारणले समेत शोक व्यक्त गरेका छन् । समाजिक सञ्जालभरि देवकोटाको निधनमा दुख व्यक्त गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा देवकोटाको राजकिय सम्मान सहित दाहसंस्कार
Next article रेडक्रसले दियो अल्ट्रासाउण्ड उपकरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134282
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web