नेपालगन्ज, ८ असारः बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको जयसपुरमा दुई जना कुष्ठरोगी फेला परेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा बुधबार सञ्चालन गरिएको निःशुल्क कुष्ठ रोग जाँच शिविरमा ती कुष्ठरोगी फेला परेका हुन् ।
नेपालगन्ज उपमहानगपालिका र जयसपुर स्वास्थ्य चौकीले सञ्चालन गरेको शिविरमा स्वास्थ्य जाँच गराउन आएका १०४ मध्ये कुष्ठरोग भएका उनीहरुलाई निःशुल्क औषधि र आवश्यक परामर्श दिइएको छ ।
समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निःशुल्क उपचार र उनीहरुको पुनःस्थापना गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको जयसपुर स्वास्थ्य चौकीका इन्चार्ज मधुकरमणि आचार्यले जानकारी दिनुभयो ।
रासस
Leave a Reply