• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न माग गर्दै धर्ना

June 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा शिक्षा विधेयक संशोधन नगर्न माग गर्दै धर्ना

काठमाडौँ, १० असारः संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक जनमैत्री र सर्वसुलभ भएको भन्दै डा गोविन्द केसीको नेतृत्वमा नागरिक अभियन्ताले त्यसलाई संशोधन नगर्न माग गरेका छन् । उक्त विधेयक चाँडो पारीत गरी कार्यान्वयन गर्न उनीहरुले माइतीघर मण्डलामा शनिबार धर्ना दिएका हुन् ।
धर्नाको क्रममा सहभागीले विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको मापदण्ड लागू गरिनुपर्ने, गुणस्तरीय र निःशुल्क शिक्षामा सबैको सहज पहुँचको सुनिश्चितता गर्नुपर्ने, न्यायिक जाँचबुझ आयोगले दोषी ठहराएका त्रिवि उपकुलपति लगायत सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने, माइतीघर लगायत केही स्थानमा निषेधाज्ञा घोषणा फिर्ता गर्नुपर्ने, चिकित्सक माथि हुने धम्की तथा आक्रमण रोक्न तत्काल कानूनको निर्माण र कार्यान्वयन गर्नुपर्ने लगायत माग गरेका थिए ।
कार्यक्रममा डा केसीले मुलुकमा चिकित्सा क्षेत्रमा देखिएको अनियमितता, व्यापारीकरण र भ्रष्टाचारलाई नियन्त्रण गरी सर्वसाधारणलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सबैको प्रयासबाट लामो संघर्षपछि प्राप्त भएको विधेयकमा व्यवस्था गरिएकाले संशोधन नगर्न आग्रह गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article इजरायलका प्रवासीले पर्वतका दुई बिरामीलाई गरे आर्थिक सहयोग
Next article जनताको स्वस्थ्यका लागि सार्कका चिकित्सकसंग सहकार्य गरिने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web