काठमाडौँ, १ साउनः सरकारले अनशनरत प्रा डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित विषयमा प्रा डा केसीसँग वार्ता गर्न सचिव बरालको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेकोसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
Leave a Reply