• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको जीवन रक्षाको माग गर्दै विरोध र प्रर्दशन जारी

July 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको जीवन रक्षाको माग गर्दै विरोध र प्रर्दशन जारी

हेल्थ टुडे,
काठमाडौँ, २ साउनः नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली समेत निकालेको थियो । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताउनुभयो ।
नेवि संघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवि संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइते समेत भएका थिए ।


यसैबीच नयाँ शक्ति नेपालले समेत विभिन्न माग राखी माइतीघरमा विरोध प्रदर्शन गरेको छ । वैशाख १ बाट आर्थिक वर्षको शुरुआत गरिनुपर्ने, असारे विकास बन्द गरिनुपर्ने, निषेधाज्ञा खारेज गर्नुपर्ने, सम्पदा र संस्कृति जोगाउनुपर्ने, मौलिक अधिकारको सुनिश्चितता गर्नुपर्ने लगायत माग राखेर विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा नयाँ शक्ति नेपालकी नेत्री हिसीला यमीले सरकार महँगी र भ्रष्टाचारमा लागेको आरोप लगाउनुभयो । सरकारले दुईतिहाइको आडमा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गर्न खोजेको उहाँको भनाइ थियो ।
त्यसैगरी प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गर्नुभएका केसीलाई कुनै दलसँग जोड्न नहुने बताउनुभयो । उहाँले माथेमा प्रतिवेदनका आधारमा संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकबारे आफ्नो पार्टीको प्रष्ट दृष्टिकोण रहेकाले उक्त प्रतिवेदन तयार पार्ने विज्ञको सुझावलाई काँग्रेसले सम्मान गर्ने बताउनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्टार हस्पिटलमा स्त्री तथा प्रसुती रोग स्वास्थ्य शिविर
Next article आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको घोषणा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web