• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जनतालाई स्वास्थ्योपचारमा बाधा हुनुहुदैन–नियमित उपचारमा संलग्न हुन आग्रह

July 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जनतालाई स्वास्थ्योपचारमा बाधा हुनुहुदैन–नियमित उपचारमा संलग्न हुन आग्रह

काठमाडौँ, ४ साउनः त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ । त्रिविले बिहीबार एक विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै चिकित्सक, प्राध्यापक, प्राविधिक– अप्राविधिक प्राध्यापक र कर्मचारीलाई आग्रह गरेको हो ।
शिक्षण अस्पताल बन्द गर्दा स्वास्थ्योपचारका लागि आउने बिरामी संविधानले प्रदान गरेको स्वास्थ्य सम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपर्ने भएकाले बिरामीको उपचारमा लाग्न तथा अस्पताल बन्द हुँदा करोडौँ रुपैयाँ हानि नोक्सानी र आर्थिक घाटा व्यहोर्नु परेकाले निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा अनशनरत प्रा डा गोविन्द केसीले राखेका मागका बारेमा वार्ता टोली गठन गरेर समाधान खोज्ने प्रयास भइरहेकाले अहिलेको अवस्थामा शिक्षण अस्पताल र केन्द्रले जनतालाई स्वास्थ्योपचारका लागि दिने सेवामा बाधा अड्चन सिर्जना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियममा रहन चिकित्सक, प्राध्यापक र कर्मचारीलाई अनुरोध गरिएको छ ।
त्रिविले स्वास्थ्योपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवामा असर पार्ने गरी कुनै पनि माग राख्ने कार्य गर्नु र गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयका ऐन, नियम र विनियमको विपरीत हुनाका साथै कुनै पनि चिकित्सकको चिकित्सकीय धर्म नभएको उल्लेख गरेको छ ।

विधिको शासनलाई मान्दिन, अनुशासनमा रहँदिन भन्ने कुनै पनि शिक्षक–कर्मचारीलाई संस्थामा आबद्धता जनाई तलबभत्ता बुझ्न नैतिकता र कानूनले पनि नदिने विज्ञप्तिमा जनाइएको छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर, बिपी कोइराला नेत्र अध्ययन केन्द्र र आयुर्वेद शिक्षण अस्पतालले स्वास्थ्योपचार दिइरहेका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जिल्लामा रगतको अभाव –वर्षेनी ब्लडको माग बढ्दै
Next article बिएण्डबीमा क्याथल्याब उपचार सेवा संचालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web