• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य मन्त्रालयले गरेको सरुवा प्रदेश ७ ले नमान्ने ( पत्र समेत )

September 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य मन्त्रालयले गरेको सरुवा प्रदेश ७ ले नमान्ने ( पत्र समेत )

हेल्थ टुडे,

काठमाडौं, २० भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ १७ गते गरेको स्वास्थ्य सेवाका कर्मचारीको सरुवा प्रदेश नम्बर ७ ले नमान्ने लिखित चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत चौथो तहदेखिमाथिका पदमा कार्यरत स्वास्थ्य सेवाका एक हजार ६ सय ३० जना  कर्मचारीको सरुवा गरेको थियो । प्रदेश नम्बर ७ समाजिक विकाश मन्त्रालय मातहत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले स्वास्थ्य मन्त्रालयले गरेको सरुवा कार्यन्यन भए प्रदेशका जनतालाई स्वास्थ्य सेवा दिनै नसकिने अवस्था रहेकाले सरुवा मान्य नभएको पत्र स्वास्थ्य सेवा विभागलाई बुधबार पठाएका छन । डा.अवस्थीले सरुवा गरिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रदेश नम्बर ७ बाट अन्यत्र जान रमाना नदिइने पत्रमा प्रष्ट पारेका छन ।

प्रदेश नम्बर ७ मा चौथोदेखि एघारौ तहसम्मका १०० स्वास्थ्यकर्मीको दरबन्दी रिक्त भएकाले जनतालाई स्वास्थ्य सेवा दिन कठिन भइरहेको बेला स्वास्थ्य मन्त्रालयले हचुवाको भरमा प्रदेश मातहत काम गरिरहेका स्वास्थ्यकर्मीलाई बाहिर सरुवा गरेको र प्रदेश भित्र एकदमै न्यून स्वास्थ्यकर्मी सरुवा गरेर पठाएकोले प्रदेश नम्बर ७ भित्र स्वास्थ्य सेवा सञ्चालन गर्नै नसकिने अवस्थाका कारण रिक्त पदहरु पूर्ति नहुदासम्म स्वास्थ्य मन्त्रालयले गरेको सरुवा कार्यन्वयन गर्न नसकिने डा. अवस्थीले उल्लेख गरेका छन् । डा. अवस्थीले प्रदेश मातहतका कुनै पनि स्वास्थ्य संस्थाले सरुवा भएर जाने स्वास्थकर्मीलाई रमाना नदिन सबै मातहतका स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेका छन् । रिक्त दरबन्दी भएको ठाउँमा सरुवा भएर आउने स्वास्थ्यकर्मीलाई भने स्वास्थ्य निर्देशनालयमा सम्पर्क राख्न उनले सूचित गरेका छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित गर्भपतन गराउने बढ्दै
Next article आकस्मिक बाहेकका सबै सेवा बन्द गरी आन्दोलनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134420
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web